Saturday, October 31

आन्दोलनमा ‘उत्तेजित नहुन’ कार्यकर्तालाई आग्रह

१५ कात्तिक, काठमाडौं । आइतबारदेखि दुई हप्ते आन्दोलनको घोषणा गरेको प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले शान्तिपूर्ण आन्दोलनमा ‘उत्तेजित नहुन’ कार्यकर्तालाई आग्रह गरेको छ । उसले ‘बीचमा घुसपैठ भएर कसैले उत्तेजित गराउने सक्ने’ भन्दै कार्यकर्तालाई सजग भएर संयमीत ढंगले प्रस्तुत हुनसमेत निर्देशन दिएको छ । उसले जनताको जनसागर उतारेर सभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले शनिबार राजधानीस्थित खन्ना गार्मेन्टमा जिल्ला स्तरीय पार्टी, विभाग, मोर्चा र जनवर्गीय संगठनका कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो निर्देशन दिएका हुन् । उनीहरुले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यकर्तालाई जिम्मेवारी दिने विषयमा प्रशिक्षण दिदै ‘आन्दोलन शान्तिपूर्ण हुने’ बताए । आन्दोलनलाई ‘गरिब र निमुखा जनताको उत्सव’का रुपमा सम्पन्न गर्न नेताहरुको आग्रह थियो । अबको आन्दोलनको स्वरुप कस्तो हुने ? त्यो सरकारको कदममा भरपर्ने उनीहरुको भनाइ थियो ।
‘बीचमा घुसपैठ भएर उत्तेजित बनाउन सक्छन्, सचेत रहनु होला, उत्तेजित नहुनुहोला,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘संयमीतढंगले प्रस्तुत हुन सबैलाई आग्रह गर्छु ।’ उनले यै आन्दोलनले नै ‘भावी आन्दोलन तय गर्ने’ बताउँदै आन्दोलनमा डटेर लाग्न निर्देशन दिए । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंहरु डटेर अघि बढ्नुस्, यसै आन्दोलनले नै भावी आन्दोलनको दिशा निर्धारण गर्ने छ ।’ उनले यो आन्दोलनको मोर्चामा आफ्नो दल विजयी हुने दाबीसमेत गरे । उनले भने, ‘यस मोर्चाको विजयले अर्को युद्धका लागि ढोका खोल्ने छ ।’
प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बन्न राजा ज्ञानेन्द्रकहाँ दाम चढाएको प्रसंग उप्काएर अध्यक्ष दाहालले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजो प्रधानमन्त्रीका लागि राजाकहाँ बिन्तीपत्र चढाउने र दाम राखेर ढोग्नेहरुले नै आज राष्ट्रपतिलाइ बिन्तीपत्र चढाएपछि समस्या बढेको हो ।’
कांग्रेस, एमालेलगायतका सत्तारुढ दलहरुले ‘सरकार बनाउन आन्दोलनमा गएको भनेर संचारमाध्यमा भ्रम छरेको’ आरोप लगाउँदै ‘भ्रममुक्त हुन’ पनि कार्यकर्तालाई आव्हान गरे । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने,’कोही पनि हाम्रा शुभचिन्तक, कार्यकर्ता सरकार गठनका लागि यो आन्दोलन हो भनेर भ्रममा नपर्नुस् ।
यो आन्दोलन नागरिक सर्वोच्चता, राष्टपति रामवरण यादवको असंवैधानिक कदमको खारेजी र राष्टिय स्वाधिनताको लागि हो ।’ त्यसपछि भने माओवादीले स्वाभाविकरुपमा ‘सरकारको नेतृत्व दाबी गर्ने’ अध्यक्ष दाहालको भनाइ थियो । प्रशिक्षणका क्रममा वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले राष्टपति रामवरण यादवको बैशाख २० गतेको कदमललाई ‘राष्टिय स्वाधिनतामाथिको ‘कु’को संज्ञा दिए।
उनको नभाइ उद्धृत गर्दै एक नेताले भने, ‘राजा ज्ञानेन्द्रले माघ १९ मा गरेको कु लोकतन्त्रमाथिको ‘कु’ हो भने राष्टपतिको कदम अर्को माघ १९ त हो नै, यो राष्टिय स्वाधिनतामाथिको कु हो ।’
बिहान र दिउँसो गरी झण्डै २ हजार जिल्लास्तरीय कार्यकर्तालाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष वैद्य र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले प्रशिक्षण दिएका थिए । स्वायत्त गणराज्य घोषणा, उपत्यका नाकाबन्दी, सिंहदरबार घेराउलगायत दुई हप्ते आन्दोलनको घोषणा गरेको माओवादीले केही दिन यता निरन्तर आन्तरिक प्रशिक्षणलाई तीब्रता दिएको थियो ।

डा. श्रेष्ठ र रिजालको कदमप्रति ओमानको गम्भीर आपत्ति

१४ कात्तिक, काठमाण्डौ । रुसमा रहेर विगत ९ वर्षदेखि फ्री नेपाल डट कम नामक अनलाइन संचालन गरिरहेका डा. मधुकृष्ण श्रेष्ठ र शम्भुप्रसाद रिजालले नेपालस्थित कार्यालयमा कार्यरत पत्रकार र कर्मचारीले आफूले काम गरेको पारिश्रमिक माग गर्दा उल्टै डोमेनसमेत लिएर भागेको भन्ने घटनाप्रति अनलाइन मिडिया एसोसिएसन (ओमान) ले गम्भीर आपत्ति जनाएको छ ।
अनलाइन मिडियाहरुको प्रतिनिधिमूलक संस्था ओमानका महासचिव धर्मराज भूसालले एक वक्तव्य जारी गर्दै फ्री नेपाल डट कम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुबीचको विवादले ओमानको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
वक्तव्यमा महासचिव भुसालले विगत ९ वर्षदेखि निरन्तर संचालनमा रहेको उक्त अनलाइनमा कार्यरत ५ जना श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले विगत लामो समयदेखि पारिश्रमिक नपाएको र पछिल्लो समयमा उक्त अनलाइनका संयोजक शम्भुप्रसाद रिजाल र प्रधानसम्पादक डा. मधुकृष्ण श्रेष्ठले साइट बन्द गरी कार्यरत पत्रकारहरुलाई विचल्लीमा पारेको भन्ने उजुरी ओमानमा परेकाले यसप्रति हामी गम्भीर भएको उल्लेख गर्नुभएको छ।
वक्तव्यमा भर्खरै फस्टाउादै गरेको अनलाइन मिडियाहरुमा आचारसंहिता, श्रमजीवी पत्रकार ऐनलगायत कार्यन्वयनमा ओमानले विगतदेखि नै जोड दिदै आएको उल्लेख गर्दै सरकारसंगसमेत मुलधारको संचारको मान्यता माग गर्दै प्रेस पास, विज्ञापनलगायतका विषयमा छलफल चलिरहेको छ उल्लेख गर्नुभएको छ।वक्तव्यमा यस्तो अवस्थामा रुसमा रहेका डा. श्रेष्ठ र रिजालले संचालन गरेको अनलाइन फ्री नेपाल डट कममा कार्यरत पत्रकारहरुलाई पारिश्रमिक दिनुको सट्टा डोमेन नेम लिएर भाग्नेजस्तो गैरजिम्मेवार कदमप्रति अनलाइन मिडिया एसोसिएसन कडा शब्दमा आपत्ति जनाउछ भनिएको छ।
साथै एउटा जिम्मेवार मिडियाका रुपमा अनलाइनहरुलाई अघि बढाउने र व्यवस्थित गर्दै अनलाइन र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुको अधिकार स्थापित गर्ने कार्यमा ऐक्यबद्धता जनाउादै संचारसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्था सहयोग गर्न आग्रह गरिएको छ।
साथै श्रमको मूल्य दिन र साइटमा कार्यरत पत्रकारहरुलाई काममा फर्काउन वक्तव्यमार्फत संचालकद्वयसंग हार्दिक अनुरोध गरिएको छ । अन्यथा उनीहरुविरुद्ध आवश्यक नैतिक तथा कानुनी कदम चाल्न बाध्य हुने जानकारीसमेत वक्तव्यमा दिएको छ।

धार्मिक सदभाव भएको मुलुक बनाउँ: प्रधानमन्त्री


१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले नेपाललाई धार्मिक सदभाव रहेको उदाहरणीय मुलुक बनाउनुपर्ने बताउनुभएको छ ।पशुपतिनाथ परिसरमा निर्माण गरिएको प्रथम आध्यात्मिक हंसमण्डप मञ्च उदघाटन गर्दै उहाँले हिन्दुहरुको बाहुल्य रहेपनि अन्य धर्मको सम्मान गर्नसक्ने नेपालीहरुको विशिष्ट परिचय रहेको बताउनुभयो । प्रधानमन्त्रीले पशुपतिनाथ विश्वभरका धर्मालम्बी र पर्यटकका लागि महत्वपूर्ण स्थान भएकाले यसको संरक्षणमा सबैले आ आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताउनुभयो ।
संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजालले मानव धर्म तथा आस्थालाई दुवैलाई संगै लिएर जाने सरकारको नीति रहेको बताउनुभयो । उहाँले पशुपतिको विकास र सरसफाइमा सबैले योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।
एक करोड रुपियाँको लागतमा नेपाल मानव धर्म सेवा समितिले हंसमण्डप मञ्च निर्माण गरेको हो । पशुपति परिसर वनकालीमा निर्माण भएको मञ्च अध्यात्मिक प्रायोजनमा प्रयोग गरिने समितिको अध्यक्ष जनकलाल कर्णले बताउनुभयो ।

ट्रकको ठक्करबाट दुईको मृत्यु

१५ कात्तिक, बुटवल । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कपिलवस्तुको मोतीपुर-४ बोडगाउँमा शनिवार राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको रा १ ख ३३९ नम्बरको ट्रकले ठक्कर दिदा लु ५ प ८६७७ नम्बरको मोटरसाइकलमा सवार स्थानिय ३० वर्षीय विष्णु पौडेल र उनका साला अर्घाखाँचीका भेषराज महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमाले फुटाउन राखेको हाँडी होइनः ओली



१४ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमाले फुटाउन राखेको हाँडी नभएको बताउनु भएको छ ।
नेकपा एमालेको ओली पक्षको काठमाडौँ जिल्ला कमिटीले आज राजधानीमा गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले एकीकृत नेकपा माओवादीले गर्ने भनिएको आन्दोलनका नाममा हतियार र लडाकु प्रदर्शन नगर्न आग्रह पनि गर्नुभयो । कोहि पनि शक्तिको आडमा नभई सत्यको आडमा मात्र सफल हुन सक्ने ओलीको दावी छ ।
संसद चल्न नदिएर माओवादीले गल्ति गरेको बताउँदै नेता ओलीले माओवादीले सरकार चलाउन नसक्ने दावी पनि गर्नुभयो । काठमाडौँ जिल्ला कमिटीका संयोजक रामेश्वर फुयाँलले आफ्नो समूह आधिकारिक भएको दाबी गर्नुभयो ।

Tuesday, October 27

माओवादीद्वारा दोश्रोचरणको आन्दोलन घोषणा


कबिराज २०६६-०७-११





स्वायत्त गणराज्यहरु घोषणा गर्नेसम्मका संर्घषका कार्यक्रमसहित माओवादीले कात्तिक १५ गतेदेखि दोश्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको आज बसेको सचिवालय बैठकले सहमतिको लागि सरकारलाई दिएको अल्टिमेटम अनुसार कात्तिक १५ सम्म सहमति नबने सोही दिन साँझदेखि २ हप्तासम्मका लागि दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
समितिका संयोजक डा.बाबुराम भट्टराईले सरकारले हिंसा र मुठभेडतिर नगई दोश्रो चरणको आन्दोलनलाई सम्बोधन गर्छ भन्ने विश्वास लिइएको तर त्यसो नभएमा तेश्रो चरणमा आमहडतालसम्मको आन्दोलन घोषणा गरिने चेतावनी दिनुभयो । सरकारलाई नागरिक अवज्ञा तथा आमहडताल सम्मको कार्यक्रम तेश्रो चरणमा घोषणा गरिने उहाँले बताउनुभयो ।
सयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल
केन्द्रीय समिति
United National People’s Movement, NepalCentral Committee
दोस्रो चरणको संघर्षको कार्यक्रम

१. कार्तिक १५ गते साँझ – देशव्यापी मसाल जुलुस
२. कार्तिक १६ गते – सबै गाविस/न.पा. कार्यालय घेराउ तथा जनसभा
३. कार्तिक १८ र १९ – सबै जिल्ला प्रशासन कार्यालय घेराउ
४. कार्तिक २३ गते – स्वायत्त गणराज्यहरू घोषणा (साइनबोर्ड राख्ने इत्यादी)
५. कार्तिक २४ गते – काठमाडौं उपत्यका नाकाबन्दी (एअरपोर्ट समेत)
६. कार्तिक २६ र २७ – सिंहदरबार घेराउ
यो चरणको संघर्षपछि पनि माग पुरा नभएमा तेस्रो चरणमा अझै उच्चस्तरको नागरिक अवज्ञा तथा आम हड्ताल लगायतका कार्यक्रम ल्याइनेछ ।
केही प्रमुख नाराहरू
१. राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर, नागरिक सर्वोच्चता कायम गर ।
२. शान्ति र नयाँ संविधान सुनिश्चित गर, शान्ति सम्झौता विरोधी गतिविधि बन्द गर ।
३. कठपुतली सरकार विघटन गर, राष्ट्रिय संयुक्त सरकार गठन गर ।
४. महँगी, अभाव, भ्रष्टाचार नियन्त्रण गर, जनजीविका र रोजगारीको ग्यारेन्टी गर ।
५. राष्ट्रिय स्वाधीनताको रक्षा गर, वैदेशिक हस्तक्षेप बन्द गर ।
मितिः २०६६ कार्तिक १० गते,

Saturday, October 24

राष्ट्रिय समाचार
धरानमा चिकित्सकहरूको आन्दोलनको पांचौं दिन, हजारौं मानिसहरुको विजोग
नेपालको सबभन्दा ठूलो अस्पतालहरुमध्येको एक वीपी कोइराला इन्ष्टिच्युट अफ मेडिकल साइन्स, धरानमा चिकित्सकहरुको हडताल लम्बिएपछि विरामी र तिनीहरुका आफन्तहरुको पीडा अरु बल्झिएको छ। हडतालले पाँचौं दिनमा प्रवेश गर्दा हजारौं मानिसहरु पीडित भएका छन् भने कैयौं दिनको बाटो छिचोलेर टाढा टाढाबाट आएका विरामी र तिनका आफन्तहरुले आफ्नो विजोग भएको गुनासो गरेका छन्। More »
डोल्पामा मोटरबाटो निर्माणको टेण्डरमा प्रतिष्पर्धा रोक्न व्यवसायीद्वारा हवाईमार्ग अबरुद्ध
मोटरबाटो निर्माणको टेण्डरमा प्रतिष्पर्धा रोक्न डोल्पाका निर्माण ब्यवसायीहरुले जुफाल बिमान स्थल हिलाम्य पारेर जहाज अवतरणमा अवरोध गरेका छन् । सदरमुकाम दुनैदेखि यालाकोटसम्मको २० किलोमिटर सडक निर्माणको टेण्डरमा प्रतिष्पर्धा गर्न नेपालगन्ज र सुर्खेतबाट हवाई मार्ग भइ जाने व्यवसायीलाई रोक्न धावान मार्गमा पानी खन्याएर हिलाम्मे पारेका छन् । More »
अनमिनका कारण शान्ति प्रकृया ढिलो भएको एमाले नेता केपी ओलीको दावी
एमाले नेता केपी शर्मा ओलीले राष्ट्रसंघीय मिसन (अनमिन) का कारण शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्न ढिलो भइरहेको दावी गरेका छन् । साथै उनले माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना बिशेष समिति र प्राविधिक समितिको कामप्रति पनि असन्तुष्टि जनाए । More »
राष्ट्रपति प्रसंग इतिहास भइसक्योः एमाले अध्यक्ष झलनाथ खनाल
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिको प्रसंग इतिहास भइसकेको उल्लेख गर्दै त्यस बारेमा बहस र विवाद गर्नुको औचित्य नभएको बताएका छन् । पार्टीभित्रको अन्तरद्वन्द्व चर्किएको बेला बरिष्ठ नेता केपी ओलीले आयोजना गरेको रात्रीभोजमा पुगेका खनालले शनिबार सञ्चारकर्मीसंग सहकार्यको विकल्प नभएको बताए । More »

जिल्ला समाचार
नरपानी बचाउ अभियानमा अर्घाखाँचीबासीको आवाज माथिको आवाज - भाग १
सिमेन्ट उत्पादनका लागि गुणस्तरयुक्त कच्चा पदार्थ चुनढुङा रहेको अर्घाखाँचीको नरपानी गाबिसको डाडाबाट ठेकदारले सर्त विपरित धमाधम चुनढुङा उत्तखनन थालेपछि प्राकृतिक देखि जिल्लाका सम्पूर्ण पुर्वाधारहरु, अर्घाखाँचीबासीका अनेकौ बिकास सपनाहरु अधुरो हुने भएका छन। More »
नरपानीबाट सर्त विपरित धमाधम चुनढुङा उत्तखनन र निकासी, अर्घाखाँचीबासीहरु निराश
सिमेन्ट उत्पादनका लागि गुणस्तरयुक्त कच्चा पदार्थ चुनढुङा रहेको अर्घाखाँचीको नरपानी गाबिसको डाडाबाट ठेकदारले सर्त विपरित धमाधम चुनढुङा उत्तखनन गर्न थालेका छन। यहाँ उत्खनन भएको चुन्ढुङा कपिलवस्तु, रुपन्देहीको भैरहवा र भारत तर्फ निकासी भइरहेको छ । चुनढुङा उत्खननपछि त्यसको कमाइले जिल्लाको मुहार नै फेरिने आशा गरेका अर्घाखाँचीबासीहरु अहिले निराश छन। More »
आज भाइटीका अर्घाखाँचीका सबै गाबिसमा परम्परा अनुसार दिदीवहिनीबाट टीका लगाइदै
तिहारको अन्तिम दिन आज अर्घाखाँचीका सबै गाबिसहरुमा परम्परा अनुसार दिदी वहिनीबाट दाजुभाइको दिर्घायु, सुख तथा समृद्धिको कामना साथ भाइटीका लगाइदै/मनाइदै छ। अर्घाखाँचीका सबै गाबिसहरुमा केटा-केटीहरु देखी लिएर महिला, बुढा-पाका र राजनितिक दलहरु*संगठन*,स्कुलहरुबाट जताततै देउसी-भैलो खेलिरहेका देखिछन्। More »

बिस्व समाचार
श्रीलंकामा सशस्त्र समूह नियन्त्रित क्षेत्रमा शरणार्थीलाई बसोबास गराउन शुरु गरिने
श्रीलंका सरकारविरोधी सशस्त्र समूह एल टि टी यीको नियन्त्रित क्षेत्रमा शरणार्थीहरु हिजोबाट आफ्नो घर फर्कन शुरु गरेका छन्। भाभ्युनिया शरणार्थी केन्द्रबाट आफ्नो घर फर्किएका पहिलो पटक अनुमोदन गरिएका शरणार्थी जम्मा चालीस हजारभन्दा बढी रहेका छन्। श्रीलंका सरकारबाट प्रकाशित गरिएको एउटा वक्तव्यमा भनिएको छ। More »
पाकिस्तानी उत्तर-पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा परी कम्तीमा पन्ध्र जनाको मृत्यु
पाकिस्तानी उत्तर-पश्चिमी क्षेत्रको सीमातटवर्ती प्रान्तको सदरमुकाम पेशावारमा हिजो दिउँसो बम विस्फोट भयो। जसबाट कम्तीमा पन्ध्र जनाको मृत्यु भएको छ। स्थानीय टेलिभिजनले प्रहरीलाई उद्धृत गर्दै उक्त विस्फोटन पेशावारको एक रेस्टुराँनजिकै भएको छ। स्थानीय प्रहरीका अनुसार, हाल उक्त विस्फोट के कति कारणले भएको भन्नेबारे निश्चित भएको छैन। More »
नेटोका महासचिवद्बारा अफगानिस्तान युद्ध सबैभन्दा गम्भीर चुनौति भएको कुरा व्यक्त
नेटोका महासचिव आन्डर्स फोह रास्मुसेनले आज अफगानिस्तान युद्ध नेटो स्थापना भएदेखि यता देखापरेको सबैभन्दा गम्भीर चुनौति भएको कुरा बताउनुभयो। श्री रास्मुसेनले आजै स्लोभाकियाको राजधानी प्रतिस्लावामा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी गोष्ठीमा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। More »

Thursday, October 22

आउने महिनादेखि हजारौ कर्मचारीहरुको तलब रोक्का हुने चेतावनी

आमिर पनि टिभीमा: शाहरुख र सलमानपछि बलिउडका अर्का खान आमिर खानले पनि अब टेलिभिजनमा कार्यक्रम चलाउने भएका छन्। सोनी च्यानलमा प्रसारण हुने आमिरको कार्यक्रमको निर्माण यश चोपडाको कम्पनी यशराज फिल्म्सले गर्नेछ। गत साता यशराज र सोनीका बीच यो कार्यक्रमको सम्झौता भएको छ। सोनीमै सलमान खानले चलाएको दस का दम जस्तै आमिरको कार्यक्रम पनि सेलिब्रिटीहरूमा केन्द्रित रहनेछ। डिसेम्बरबाट प्रसारण सुरु हुने यो कार्यक्रमको समय तालिका तय हुन बाँकी छ। पर्फेक्सनिस्टको छवि भएका आमिर अहिले कार्यक्रमको गृहकार्यमा व्यस्त छन्। समाचारमा जनाइएअनुसार कार्यक्रमको ढाँचा स्टार प्लस च्यानलमा फराह खानले चलाएको शो तेरे मेरे बीच मेको जस्तै हुनेछ। शोका निर्माता कबिर खानका अनुसार शोमा सहभागी हुने दर्शकले सेलिब्रिटीलाई भेट्ने मौका पाउनेछन्।
माओवादीले संसद चल्न नदिएकोले पूर्ण बजेट पारित नहुँदा, पेश्कीबाट खर्च चलाउन अब नसकिने भन्दै, आउने महिनादेखि दशौं हजार सरकारी कर्मचारीहरुको तलब रोक्का हुन सक्ने चेतावनी अर्थमन्त्री सुरेन्द्र पाण्डेले दिएका छन्।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले आउने महिनादेखि दशौं हजार सरकारी कर्मचारीहरुको तलब रोक्का हुन सक्ने चेतावनी दिएका छन्।
माओवादीले संसद चल्न नदिएकोले पूर्ण बजेट पारित हुन नसकेको भन्दै उनले पेश्कीबाट खर्च चलाउन अब नसकिने बताए।
संसदले साउनमा पारित गरेको पेश्की विधेयक बमोजिम हरेक शीर्षकको कुल बजेटको एक तिहाइमात्र सरकारले खर्च गर्न पाउँछ।
उक्त एक तिहाइको सीमा नाघिसकेको हुनाले मन्त्री र सभासदहरुको तलब यसै महिनादेखि रोक्का भएको छ।
रित्तो
संसद गतिरोधका कारण पूर्ण बजेट पारित नभएको हुनाले अब सरकारको हातमा खर्च गर्न मिल्ने पैसा रित्तिएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन्।
“गएको महिनादेखि मन्त्रीहरुको तलब रोकियो। यो महिनादेखि सभासदहरुको रोकिएको छ। मंसीरपछि कर्मचारीहरुकोपनि रोकिन्छ,” पाण्डेले भने।
तलब भत्ताको साथसाथै बजेट पारित नभएमा विकासलेपनि धक्का बेहोर्ने मन्त्रीले बताए।
यसै त कछुवा गतिमा विकास खर्च गरेको अर्थविद्हरुले आरोप लगाइरहेको बेला, मन्त्री पाण्डेले पुस महिनापछि त विकास खर्च ठप्पै हुने जनाए।
“विकास खर्चमा पुस महिनापछि प्रभाव पर्ने छ। थोरै खर्च भएकोले त्यतिञ्जेल धान्न सकिन्छ,” उनले बताए।
आशा
तर त्यो स्थिति आउनुभन्दा पहिलेनै राजनीतिक गाँठो फुकिसक्नेमा उनी आशावादी छन्।
पाँच महिनादेखि संसद अवरोध गरीरहेको प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले असार मसान्तमा बजेट पेश गर्नको निम्ति भन्दै केही समय संसद चल्न दिएको थियो।
त्यस्तै सदाशय माओवादीले एक पटक फेरी देखाउनेमा अर्थमन्त्री ढुक्क छन्।
“बजेट भनेको कुनै दलसंगमात्र सम्बन्धित कुरा होइन। यसले समग्र जनतालाई मर्कामा पार्ने हुनाले मलाई विश्वास छ छिट्टै संसदमार्फत नै पूर्ण बजेट पारित हुन्छ,” मन्त्री पाण्डेले उल्लेख गरे।
संसदको गतिरोध चाँडै नसुल्झिएमा बजेट संकट समाधान गर्ने वैकल्पिक उपायहरुबारे सरकारले अहिलेसम्म केही नसोचेको मन्त्रीको भनाई थियो।
अध्यादेश ल्याएर भएपनि बजेट अगाडि बढाउने विकल्प अहिले नसोचिएको उनले बताए।
कुल झण्डै तीन खर्ब रुपियाँको बजेटमाथि मडारीएको अनिश्चयको कालो बादलले साढे पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई ओझेलमा पारीदिएको छ।

माओवादीले आन्दोलनको निर्णय लिन तीन दलीय कार्यदलको निष्कर्ष पर्खने

राजनीतिक गतिरोध तोड्न सहमति र आन्दोलनमा जाने कुरा सँगसँगैजसो गर्दै आएको माओवादीको स्थायी समिति बैठकले अन्तिम निर्णय लिन तीन दलीय कार्यदलको निष्कर्ष पर्खने भएको छ।
कार्यदलबाट आउने परिणामपछि बस्ने बैठक निर्णायक हुने माओवादी नेताहरुले बताएका छन्। स्थायी समिति बैठक शुक्रबार पनि जारी रहने छ।
तीन दलीय कार्यदलको बैठक टुंगिनसकेकाले विहिवार बसेको माओवादी स्थायी समिति बैठकमा त्यसलाई कुर्ने निर्णय गरिएको बताइएको छ।
संभावना
सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबारे कुनै न कुनै रुपमा संबोधन गर्ने सहमति नभए आफुहरुसँग आन्दोलनको विकल्प नरहेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
उनले भने, “सहमतिको संभावना न्यून देखिन्छ र हामी अब धेरै कुर्नेवाला छैनौं”।
माओवादीले आफ्नो आन्दोलनको शुरुवात नै सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबाट भएकाले साझा संकल्प प्रस्तावमा सो मुद्दाको संबोधन हुनैपर्ने अडान लिंदै आएको छ।
सत्ताधारी एमाले र कांग्रेसले भने तत्कालीन प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै असंवैधानिक काम गरेको भन्दै राष्ट्रपतिलाई विवादमा तान्न नहुने अडान राख्दै आएका छन्।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र संविधान लेख्न प्रमुख दलहरुबीच सहमति आवश्यक रहेकाले आफुहरु हदैसम्मको लचकता अपनाउन तयार रहेको प्रमुख दलहरुले बताए पनि राष्ट्रपतिको कदम ठीक र बेठीक भन्नेमा तीनै दल आ आफ्ना भनाइमा टसमस नहुँदा समस्या ज्यूँका त्यूँ रहेको छ।
आरोप
संसदको सबैभन्दा ठूलो दल माओवादीले आफुहरुलाई एक्ल्याएर अरु दलले राष्ट्रपति शासन लगाउने षडयन्त्र गरिरहेको आरोप समेत लगाउँदै आएको छ।
माओवादीका अर्का उपाध्यक्ष मोहन बैद्य किरणले भने, “षडयन्त्रको आशंका पहिलेदेखि छ।”
संविधानसभा निर्वाचनपछि सहमतिमा संविधान बनाउने मुख्य कार्यादेश भएका तीन प्रमुखदलहरुबीच विद्यमान चरम अविश्वास र तिनीहरू एकले अर्कोलाई कमजोर बनाउने चालमा केन्द्रीत हुनुले राजनीतिक गाँठो झन कसिंदै गएको विश्लेषकहरुको धारणा छ।

माओवादीले आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै

कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले आज आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने भएको छ । दलहरुबीचको पटक पटकको छलफलबाट पनि आफ्नो माग पूरा हुने संकेत नदेखिएपछि माओबादीले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने भएको हो ।विहान ११ बजेपछि कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने स्थायी समिति बैठकले आन्दोलनको स्वरुप र कार्यक्रमहरु तय गर्ने सो पार्टीले जनाएको छ ।

विहीबार बसेको स्थायी समिति बैठकले आजको बैठकबाट आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा आन्दोलन बाहेक, पार्टीको रणनीति, राजनीतिक सहमतिका लागि थप प्रयास लगायतका विषयमा पनि छलफल हुने एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
सरकारले बर्खास्त गरेका प्रधानसेनापतिलाई थमौति गर्ने राष्ट्रपतिको असंवैधानिक कदम सच्चीनुपर्ने र नागरिक सर्बोच्चता कायम हुनुपर्ने माग गर्दै एकीकृत माओवादीले सडक र सदनबाट आन्दोलन गर्दै आएको छ ।

Wednesday, October 21

करारमा कर्मचारी नियुक्त गर्ने तयारी

सरकारले यसै महिनाभित्रै विभिन्न मन्त्रालय अन्र्तगत गरी झण्डै १ हजारको संख्यामा करारमा कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ ।
केहिदिन अघि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विकास अनुगमन समितिको वैठकमा सबै कार्यालयहरुमा कर्मचारीको अभाव भएको प्रतिवेदन पेश भएपछि सरकारले करारमा कर्मचारी नियुक्त गर्न लागेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छठ सकिएलगत्तै करारमा कर्मचारी राख्ने प्रक्रिया सुरु हुनेछ ।
सरकारले अर्थ, कानुन न्याय, कृषि, स्वास्थ्य मन्त्रालय अन्र्तगतका कार्यालयमा करामा कर्मचारी नियुक्तिको तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले अहिले निजामतितर्फ झण्डै ५ हजारको जनशक्ति अभाव भएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरिसकेको छ । कानुनमन्त्री प्रेमबहादुर सिंहले कामका लागि जनशक्तिको अभाव भएको विषयमा मन्त्रिपरिषदमा यसअघि नै छलफल भइसकेको जानकारी दिनुभयो । Kabiraj Bhattarai

तीन दलीय छलफलबाट सहमति निस्कन नसक्ने, गाँठो झन बल्झिने


Posted By: कबिराज भट्टाराई
2009-10-21
त्यागको कदर: जनआन्दोलनमा दुवै आँखा गुमाएका रवीन श्रेष्ठलाई सीप विकास तालिम केन्द्रमा रोजगारी दिइएको छ। त्यसैको नियुक्तिपत्र दिँदै प्रधानमन्त्री।
एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता मोहन बैद्य किरणले राजनीतिक गतिरोध अन्त्य गर्न गरिँदै आएको तीन दलीय छलफलबाट सहमति निस्कन नसक्ने बताएपछि राजनीतिक गाँठो झन बल्झिने देखिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो राजनीतिक गतिरोध अन्त्य गर्न दुइतिन दिनभित्रै सहमति निस्कने बताएको भोलीपल्ट, बुधबार, माओवादीका एकजना बरिष्ठ नेता मोहन बैद्य किरणले त्यस्तो संभावना नरहेको बताएका छन्।
प्रचण्डको गत सोमबार सम्पन्न चीन भ्रमण दलका सदस्य समेत रहेका बैद्यले अब आन्दोलन गर्ने र आन्दोलनको बीचबाटै सहमति खोजिने बताए।
प्रचण्डले आफू चीनबाट सकारात्मक भएर आएको र संसदको गतिरोध अन्त्य गर्न सहमति खोजिने दोहोर्‍याएपछि धेरैले चिनियां सुझाव पनि सहमतिकै लागि थियो होला भन्ने अनुमान लगाएका थिए।
तर त्यसको विपरित बरिष्ठ नेता बैद्यले सहमतिको कुनै संभावना नरहेको बताए।
उनले भने, “हामीले धेरै पर्ख्यौं। तर व्यवहारमा लचकता देखिएन। हामी हाम्रो माग त्यसै छोड्नेवाला छैनौं।”
शीर्ष नेताहरुबीच तुरुन्तै बैठक बसेपनि त्यसबाट निकास निस्कन नसक्ने उनले बताए।
आन्दोलन
सेनापति प्रकरणमा राष्ट्रपतिले असंवैधानिक काम गरेको र त्यो सच्चिनुपर्ने आफूहरुको प्रमुख माग रहेको तर सत्ताधारी दलहरुले राष्ट्रपतिको ‘र’ पनि उच्चारण गर्न नचाहेको भन्दै बैद्यले अब माओवादी आन्दोलनमा उत्रने बताए।
राष्ट्रपतिको कदमबारे छलफल गर्न कानुनत: कुनै प्रावधान नरहेकाले पनि उनी विरुद्धको कारवाही प्राकृतिक न्यायको विपरित हुने तर्क कांग्रेसले दोहोर्‍याएको छ।
कांग्रेस प्रवक्ता अर्जुननर्सिंह केसीले भने, “विधि र संवैधानिक उपाय बमोजिम समाधान खोजिनुपर्छ, हामीले यो भनिसक्यौं भन्नु लोकतान्त्रिक सोच होइन”।
यसरी सहमतिको कुरा गर्दै दलहरुले आफ्ना अडानचाहिँ जस्ताको तस्तै राख्दा मुलुक भिडन्ततर्फ लागेको धारणा छ राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठको।
उनले भने, “राष्ट्रपति र प्रधानमन्त्री दुबैले गल्ती गरेका छन्, त्यो स्वीकार गर्ने सहमति पनि राजनीतिक दलहरुले गर्न सक्दैनन् भने मुलुक भिडन्ततर्फ लाग्ने निश्चित छ”।

भारत र चीनविरुद्ध कुनै ‘कार्ड’ प्रयोग गर्दैनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले भारत र चीनविरुद्ध कुनै ‘कार्ड’ प्रयोग नगर्ने बताउनुभएको छ ।
नेपाल दुई ठूला मित्रराष्ट्रहरुको बीचमा रहेकाले यस्तो विशिष्ठ भू-राजनीतक अवस्थाका कारण राष्ट्रिय हितको महत्व अझ बढी रहेको प्रधानमन्त्रीको भनाइ छ । नेपालमा जुनसुकै दलको सरकार बने पनि छिमेकीराष्ट्र भारत र चीनको सम्बन्धलाई आपसी हितका आधारमा उच्च प्राथमिकता दिएको प्रधानमन्त्रीले बताउनुभयो ।
‘एक अर्काको विरुद्धमा हामी कुनै ‘कार्ड’ प्रयोग गर्दैनौँ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘दुई देशसँग आर्थिक, प्राविधिक, व्यापारिक र लगानीका सम्बन्धहरु विस्तार गर्न चाहन्छौँ, यसमा नै हाम्रो सर्वोच्च राष्ट्रिय हित अन्तर्निहित छ ।’
छिमेकीराष्ट्रका वास्तविक चासोप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै प्रधानमन्त्री नेपालले नेपाली भूभागलाई छिमेकी मुलुकको हित विरुद्धमा प्रयोग गर्न नदिने नीति रहेको सुनाउनुभयो ।
सेन्टर फर साउथ एसिया स्टडिज र कोन्राड एडेनर फाउन्डेसनद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रम उदघाटन गर्दै प्रधानमन्त्री नेपालले आफूले हालै भारतको औपचारिक भ्रमण गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सुदृढ गरेको दावी गर्नुभयो । उहाँले निकट भविष्यमा चीनको भ्रमण गर्ने योजना बनाएको जानकारी दिनुभयो ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु, निर्धारित मितिमा संविधान लेख्नु तथा माओवादी लडाकूको समायोजन गर्नु सरकारको प्रमुख तीन कार्य रहेको बताउँदै प्रधानमन्त्री नेपालले यी दायित्व पूरा गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजनीतिक दलहरुबीच सहमति र सहकार्य बन्न नसकेमा निर्धारित मितिमै संविधान बन्न नसक्ने बताउँदै माओवादीलाई अलग राखेर नयाँ संविधान बन्न नसक्ने दाबी गर्नुभयो ।

नेपालमै पहिलो पटक चमेराको अनुसन्धान

नेपालमै पहिलो पटक चमेराको अनुसन्धान

कबिराज भट्टाराई
४ कात्तिक, पाल्पा । प्राकृतिक स्रोत र साधनको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने स्तनधारी पंक्षी चमेराको नेपालमै पहिलो पटक पाल्पाका एक युवक शोधकर्ताले अध्ययन थालेका छन् ।
वन विज्ञानमा स्नातक अध्यायनरत तानसेन नगरपालिका काजीपौवाका २८ बर्षीय हरि अधिकारीले बिगत एक बर्ष देखि पाल्पाको विभिन्न स्थानमा चमेराको बारेमा अध्यायन गर्दै आएका छन् । अधिकारीले पाल्पाको अर्गली, मदनपोखरा, तानसेन नगरपालिका, बौघागुम्बा, राम्दी, सिलुवा लगायतका स्थानमा अध्ययन गर्दा सात थरि प्रजातीका चमेराहरु फेला परेको बताएका छन् ।
उनले विश्व प्राकृतिक स्रोत अनुसन्धान र संरक्षण नेपालको प्रतिनिधीका रुपमा चमेराका बिषयमा अध्ययनकर्ता गरेका थिए । दुर्लभ मानिएको यो स्तनधारी पंक्षी चमेराले बोटबिरुवा र बाली नालीको परागसेचनमा महत्वपूर्ण भूमिका खेले पनि यसको महत्व भने पाल्पलीहरुले नबुझेर चमेरालाई मासु खाने गरेको अध्ययनका क्रममा पत्ता लागेको अधिकारीको भनाइ छ । जिल्लाका केही गाउ बिकास समितिहरुमा अध्ययन गर्दा चमेराहरु पत्ता लागेकोले थप अध्ययन गर्ने हो भने पाल्पामा धेरै प्रजातीका चमेराहरु हुनसक्ने उनको अनुमान छ ।
पाल्पा जिल्लामा अहिले मांसहारी र शाकाहारी चमेराहरु फेला परेका छन् । त्यसमा पनि किरा फट्याङग्रा माछा चराहरु खाने र फलफूल खाने चमेरा फेला परेको छ । त्यसमध्ये सरकारले संरक्षण गर्नुपर्ने पंक्षीको सूचिमा पाल्पाको मदनपोखरामा र तानसेनको नारायणस्थानमा पाइने टेरेबस नामको चमेरा पनि पाइएको उनको दावी छ । किरा खाने चमेराले बिभिन्न बाली नालीमा लाग्ने किराहरु खाएर किसानलाई फाईदा पुगिरहेको भएपनि स्थानिय बासिन्दाहरुलाई त्यो बिषयमा सामान्य जानकारी समेत नभएकोले यसको बारेमा जानकारी दिनु पर्ने्र धारणा राख्छन् जिल्ला वन कार्यालय पाल्पाका अधिकृत रामबावु पौड्याल । विश्वका दश उत्कृष्ट मल मध्ये चमेराको मल धेरै राम्रो भएको र चमेराको मलबाट लगाइएको खेती दोब्बर उत्पादन हुने अधिकारीको दावी छ । यो प्रजातीको चमेराले प्रतिघण्टा ६ सय सम्म किराहरु खान सक्ने बैज्ञानिक अनुमान छ ।
नेपालमा अहिले सम्म ५८ प्रजाती चमेराको बारेमा अध्ययन् भईसको छ । त्यसमध्ये पाल्पाका केहि स्थानमा अनुसन्धान गर्दा पनि सात प्रजातीका चमेरा पाउनुले थप अनुसन्धानको वाटो खुलेको छ ।

Tuesday, October 20

नेताहरु संवाद र सहमतिबाटै राजनीतिक गतिरोध तोडिनेमा विश्वस्त

सहमतिमा निकास खोज्न मुख्य दलहरु तयार
भट्टाराई कम्पुटर, भैरहवा

मुख्य दलका नेताहरुले सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य हुने विश्वास ब्यक्त गरेका छन् ।
एकीकृत नेकपा माओवादीले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका नेताहरुले बिनासहमति संविधान लेख्न नसकिने बताए । चियापानमा एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाबिचमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले एक दुई दिनभित्र राजनीतिक गतिरोध अन्त्य हुने बताउनुभयो । गतिरोध अन्त्य गर्न माओवादी गम्भिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान लेख्न पनि दलहरु मिल्नुको विकल्प नभएको बताउनुभयो ।

एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक दलहरुबिच वातावरण बन्दै गएकाले छिट्टै सहमति निस्कने बताउनुभयो । उहाँले दलहरुले सहमतिबाटै नयाँ संविधान लेख्ने जिम्मेवारी पूरा गर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले मुलुकले दिएको जिम्मेवारी पूरा गर्न पनि दलहरुबिच सहमति बन्नुपर्ने बताउनुभयो ।

चियापानमा बिभिन्न दलका नेता, उद्योगपति, कुटनीतिक नियोगका अधिकारी, सुरक्षा अधिकारीहरु, मानवअधिकारकर्मी, विभिन्न पेशाकर्मी, कर्मचारी, मजदुर, पत्रकारलगायतका ब्यक्तिहरु सहभागी थिए । चियापानमा सहभागी हुन आउनेलाई अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन बैद्य, उपाध्यक्षद्वय डा। बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

माओवादीले दशैं, तिहार, छठ तथा नेपालसंवत् ११३० को अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेको हो । यसअघि कोजाग्रत पूणिर्माको दिन नेपाली कांग्रेसले र त्यसको भोलिपल्ट नेकपा एमालेले चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रधानमन्त्री र कांग्रेस सभापति यसैबीच, माओवादीले आयोजना गरेको चियापानमा प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला भने जानुभएन ।
प्रधानमन्त्री नेपाललाई एमाले बरिष्ठ नेताको रुपमा बोलाइएकाले उहाँ माओवादीको चियापानमा नजानुभएको बताइएको छ । प्रधानमन्त्रीले नेपाल संवतका अवसरमा हिजो बालुवाटारमा आयोजना गर्नुभएको चियापानमा पनि माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु जानुभएको थिएन । यस्तै, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि माओवादीको चियापानमा जानुभएन । कोइराला अस्वस्थ रहेकाले चियापानमा नजानुभएको स्वकीय सचिव शेखर थापाले जानकारी दिनुभयो ।

चिया कुर्दै भलाकुसारी: नेपाल संवतको नयाँ वर्षको अवसरमा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा संविधानसभा उपाध्यक्ष तथा माओवादी नेता पूर्णा सुवेदी, माओवादी अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता र उपप्रधानमन्त्री सुजाता कोइराला।


माओवादीले आयोजना गरेको चियापानमा सहभागी माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका कार्यवहाक सभापति सुशील कोइराला संवाद र सहमतिबाटै राजनीतिक गतिरोध तोडिनेमामा विश्वस्त देखिएका छन्।


दशैं सकिए लगत्तै चियापान समारोह आयोजना गर्ने नेपाली कांग्रेस र नेकपा एमालेको परंपरालाई पछ्याउदै प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले पनि मंगलबार राजधानीमा एउटा भव्य चियापान समारोहको आयोजना गरेको छ।


तर कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला उपस्थित नभएपछि कतिपय सहभागीले चियापान केही खल्लो भएको अनुभव गरे।
यद्यपी चियापानमा सहभागी वरिष्ठ नेताहरुले गतिरोध तोड्न छिट्टै राजनीतिक संवादलाई तिब्रता दिइने बताए।


राष्ट्रपतिको कदमका विषयलाई लिएर सत्ताधारी दलहरु र प्रमुख प्रतिपक्षी माओवादी दलबीच गम्भीर मतभेद कायमै देखिन्छन्।


तर कार्यक्रममा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका कार्यवहाक सभापति सुशील कोइराला संवाद र सहमतिबाट समाधान निस्कनेमा विश्वस्त थिए।


'लाञ्छना'


पत्रकारहरुको प्रश्नको उत्तर दिदै कोइरालाले राष्ट्रपतिलाई लाञ्छना लगाउने बाहेक सबै विषयमा नेपाली कांग्रेस सहमति गर्न तयार रहेको बताए।


तर माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई लाञ्छना लगाउने आफ्नो दलको उद्देश्य नरहेको जिकिर गर्दै भने, “हामीलाई लाग्छ अन्तरिम संविधान मिचिएको छ, त्यो कता कता कुँडिएको छ, त्यसलाई सम्वोधन गरौं।”


दलहरुबीच बिमती जारी रहेपनि प्रचण्ड एक, दुई दिन भित्रै राजनीतिक सहमति बन्ने र गतिरोध तोडिनेमा आशावादी छन्।


एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषयमा सबै दलहरु गम्भीर भएमा सहमति आफै निस्कने तर्क गरे।


काठमाण्डूको भृकुटीमण्डपस्थित चियापान कार्यक्रम स्थल आगन्तुकहरुले खचाखच थियो।
त्याहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु, सुरक्षा अंगका प्रमुख र कुटनीतिज्ञहरु उपस्थित थिए।


माओवादीले नेपाल सम्वत् ११३०को अवसरमा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको चियापान राजनीतिक भेलामा परिणत भएको जस्तो देखियो।


त्याहाँ प्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित नहुनुलाई कतिपय विश्लेषकहरुले सरकार र माओवादीबीच विश्वासको संकट कायमै रहेको कुराको उदाहरणको रुपमा अर्थ्याएका छन्।


कबिराज भट्टाराई

Wednesday, October 14

बाल लडाकुको अविलम्व र व्यवस्थित विदाईका लागि आग्रह

२०६६ आश्विन २८ - बालबालिका तथा सशस्त्र द्वन्द्व सम्बन्धि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि राधिका कुमारास्वामीले प्रमाणिकरण प्रक्रियामा नावालिगका रुपमा पहिचान गरिएका माओवादी बाल लडाकुको अविलम्व र व्यवस्थित विदाईका लागि आग्रह गरेकी छन् । उनले नावालिगहरुको विदाई प्रक्रिया अवलोकन गर्नका लागि केही हप्तामै नेपालको भ्रमणमा आउन आफू उत्सुक रहेको पनि बताएकी छन् । दुई बर्ष अघि सम्पन्न प्रमाणिकरणमा माओवादी लडाकु शिविरहरुमा २ हजार ९ सय ७३ बाल लडाकु पहिचान भएका थिए ।उनले ती बालबालिकालाई नयाँ जीवन सुरुवात गर्ने तथा शान्त र समुन्नत नेपाल निर्माणमा सहयोग पुर्‍याउने अधिकार रहेको उल्लेख गर्दै उनीहरुको नेपाली समाजमा सफल पुर्नस्थापनाका लागि सहयोग पुर्‍याउन राष्ट्रसंघ र यसका साझेदारहरु सदैब तत्पर भएको बताइन ।केही समयअघि प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग यस बिषयमा गरिएको छलफलको स्मरण गर्दै उनले मंगलबारबाट पुन सुरु गरिएको नावालिगका रुपमा पहिचान गरिएका माओवादी लडाकुहरुको विदाइ र पुर्नस्थापनाको स्वागत गरेकी छन् । उनले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै प्रकृया सुचारु ढंगबाट अघि बढेको र यथासिघ्र उक्त प्रकृया सम्पन्न भएको सुनिश्चित गर्न सबैपक्षलाई आह्वान गरेकी छन् ।

झण्डा परिवर्तनको बहस झन् बढ्यो/राष्ट्रिय प्रतिकमा पनि विवाद

२०६६ आश्विन २८ - राष्ट्रिय झण्डा फेर्नुपर्ने बिषयमा उपसमितिबाट शुरु भएको विवाद संबैधानिक समितिको मूल बैठकमा झन् चर्किएको छ । झण्डासंगै राष्ट्रिय प्रतिक चिन्हहरु राख्ने कि नराख्ने भन्ने बिषयले पनि विवादको रुप लिएको छ । समितिले बुधबार गरेको राष्ट्रिय झण्डा र प्रतिकलगायतको छलफलमा सभासद्हरुबीच पक्ष र विपक्षमा तिब्र मतभेद देखा परेको छ । माओवादी र आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने सभासद्हरुले झण्डा फेर्नैपर्ने अडान राखेका छन् । अन्य दलका सभासद्हरुले अहिलको झण्डाको अन्तराष्ट्रिय स्तरमा पनि बिषेश महत्व रहेकाले यसको व्याख्यामात्र फरक ढंगले गर्न सकिने तर्क पेश गरेका छन् । माओवादीले राष्ट्रिय प्रतिकको रुपमा कुनै बस्तुलाई राख्न नुहने प्रस्ताव समेत ल्याएको छ । हाल गाई, लालिगुराँस, सि्रमि्रक, डाँफे लाई राष्ट्रिय प्रतिक मानिदै आएको छ । 'एकात्मक राज्यको अवधारणामा बनेको झण्डाले बहुराष्ट्रिय राज्यको प्रतिनिधित्व गर्न सक्दैन' माओवादी सभासद् देव गुरुङले भने, 'बहुराष्ट्रिय राज्यको प्रतिक झल्किने झण्डा बनाउनुपर्छ ।' उनले धेरै जसो मुलुकले राष्ट्रिय प्रतिक राख्न छाडेको उदाहरण पेश गर्दै हाम्रोमा पनि त्यो जरुरी नरहेको बताए ।काँग्रेस सभासद् विमलेन्द्र निधिले संसारभर मौलिक पहिचान बनाएको झण्डा फेर्न नहुने धारणा राखे । 'अहिलेको झण्डा कुनै राजाले प्रयोग गरेको हैन, राजाहरुले आफ्ना लागि छुट्टै झण्डा प्रयोग गर्थे' उनले भने, 'यसलाई राजतन्त्रसँग सम्बन्ध गाँसिएको भन्न मिल्दैन ।' उनले नयाँ व्याख्या गरेर अहिलेकै झण्डालाई कायम राख्नुपर्ने अडान पेश गरे ।राष्ट्रिय प्रतिकहरु राख्न नहुने धारणा पनि ठिक नभएको उल्लेख गर्दै उनले भने, 'राष्ट्रिय प्रतिकले कसैको विभेद गरेको छैन ।'आदिवासी जनजाति महासंघका अध्यक्ष तथा एमाले सभासद् पासाङ शेर्पाले अहिलेको झण्डा पूर्वाग्रही भएको बताए । उनले नयाँ झण्डा फेर्नका लागि राष्ट्रिय गानका लागि जस्तै प्रतियोगिता गर्नुपर्ने प्रस्ताव राखेका छन् ।'यो झण्डा झट्ट हेर्दा देखिने खालको छैन' उनले भने, 'बहुभाषिक, बहुसंस्कृति झल्किने झण्डा हुनुपर्छ ।' एमालेकै अन्य सभासद्हरुले भने झण्डा फेर्न आवश्यक नरहेको धारणा राखे । उनीहरुले पनि परिभाषा मात्र नयाँ ढंगले गर्नुपर्ने उल्लेख गरे ।सभासद्हरु परि थापा, सरिता गिरीलगायतले यसलाई राष्ट्रिय बहसको रुपमा पेश गरेर त्यसपछि मात्र निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका छन् ।केही सभासद्हरुले गैंडालाई राष्ट्रिय जनावरको रुपमा मान्यता दिनुपर्ने प्रस्ताव गरेको छन् । अधिकांसले गाईलाई भने राष्ट्रिय जनावर मान्न नसकिने धारणा राखे । सभासद् गिरीले हिमाल, पहाड र तराईमा पाईने बस्तुहरुलाई सभावेशी रुपमा राष्ट्रिय प्रतिकको रुपमा राख्नुपर्ने प्रस्ताव पेश गरेकी छन् ।

गिरिजा प्र. कोइरालाकी छोरी सुजाता बढुवाको कांग्रेसभित्रै आलोचना

ओर्लंदा कोइराला: बिराटनगर विमानस्थलमा ओर्लेपछि तनावमा देखिएका कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला। छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएको विरोध सामना गरिरहेका कोइरालाले यस पटक विमानस्थलमा मिडियाकर्मीसँग कुरा गरेनन्।
पार्टी सभापतिकी छोरी तथा परराष्ट्र मन्त्री सुजाता कोइरालालाई बढुवा गरेर उपप्रधानमन्त्री बनाइएको तेश्रोदिन बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बरिष्ठ सदस्यहरुले सो निर्णयको आलोचना गरेपनि कुनै निर्णय भने लिन सकेनन्।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको एकल निर्णयले उनकी छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले आलोचना गरेका छन्।
उनीहरुले पार्टीभित्र संस्थागत निर्णय प्रक्रिया हुनुपर्नेमा जोड दिएका छन्।

परराष्ट्र मन्त्री सुजाता कोइरालालाई बढुवा गरेर उपप्रधानमन्त्री बनाइएको तेश्रोदिन बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बरिष्ठ सदस्यहरुले सो निर्णयको आलोचना गरेका थिए।
तर उक्त कदमबारे बुधबार कुनै निर्णय गरिएन।

बैठक बिहीबार पनि जारी रहने बताइएको छ।
परराष्ट्रमन्त्री सुजाता कोइरालालाई प्रधानमन्त्री माधबकुमार नेपालले गत आइतबार हठात् उपप्रधानमन्त्रीमा बढुवा गरे पछि आयोजित बैठकलाई निकै चासोका साथ हेरिएको थियो।
छलफल
दिउंसो दुइबजेदेखि शुरु भएको बैठकमा अधिकांश समय महासमिति बैठकबारे छलफल भएको थियो भने साँझ ६ बजेपछि मात्रै सुजाता कोइराला प्रकरणले बैठकमा प्रवेश पाएको थियो।

बैठकमा संसदीय दलका नेता र उपनेता तथा पार्टीका उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंह लगायतले सभापति कोइरालाले एकल निर्णय गरेको भन्दै आलोचना गरेका थिए।

कांग्रेस प्रवक्ता अर्जुननर्सिंह के सीले भने, “भर्खर विषयले प्रवेश पाएको छ। हामी चारपाँच जनाले बोलेकोमा सबैले संस्थागत निर्णय हुनुपर्छ भन्नेमा जोड दिएका छौं”।

बिहीबारको बैठकमा केही निर्णय लिने भनिए पनि पिता कोइराला या छोरी कोइरालाबारे के निर्णय लिइनेछ त्यसबारे उनले केही भनेनन्।

केन्द्रीय समितिको बैठकमा विरलै उपस्थित हुने सभापति कोइराला बुधबार नै बिराटनगर प्रस्थान गरेका थिए।

विवादमा परेकी सुजाता कोइराला भने आफ्नो बारेमा कुराकानी हुँदा बैठकमा उपस्थित थिइनन्।

छटपछि सशक्त आन्दोलनः यादव

मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले बिशेष सुरक्षाको नाममा ल्याएको सुरक्षा कार्यक्रम मधेश र मधेशीकाबिरुद्ध लक्षित रहेको बताउनुभएको छ ।
फोरम नवलपरासीद्वारा आज परासीमा आयोजित जनसभामा अध्यक्ष यादवले बिशेष सुरक्षाको नाममा सरकारले मधेशीहरुलाई दुखः दिएको आरोप लगाउनुभयो । उपराष्ट्रपतिलाई भषाको विवादमा तानेर यो सरकारले भेदभाव र अन्याय गरेको बताउँदै सर्बोच्च अदालतको निर्णय पुर्बाग्रही भएको उहाँले जिकिर गर्नुभयो ।
मधेश आन्दोलनले युगान्तकारी परिवर्तन ल्याएको स्मरण गर्दे पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका यादवले मधेश आन्दोलका कारण नेपालमा संघीय गणतन्त्र स्थापना हुन सम्भव भएको बताउनुभयो । उहाँले वर्तमान सरकार हरुवाको जमात भएकोले यो सरकारले नयाँ संबिधान बनाएर देखाउन चुनौती दिनुभयो । मधेश र मधेशीको अधिकारकालागि अन्तिम लडाँई लड्न बाँकी रहेकाले छट पर्व पछि सशक्त आन्दोलन गर्ने यादवले चेतावनी दिनुभयो ।

Tuesday, October 13

गतिरोध अन्त्यका लागि बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

गैरआवासीय सम्मेलनको उद्घाटनः नेपालीका लागि नेपाली नारा सहित चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ को समुद्घाटन मंगलबार काठमाण्डौको आर्मी अफिसर क्लबमा शुरु भएको छ, सो सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले गर्नुभयो। राष्ट्रपति यादव र उपप्रधान मन्त्री सुजाता कोइराला लगायत एनआरएन सम्मेलनको उदघाटनका अवसरमा।
राजनीतिक गतिरोध अन्त्य गरी संसद सुचारु गर्नका लागि मंगलबार बसेको तीन प्रमुख राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुङि्गयो। एकीकृत नेकपा (माओवादी), नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच सिंहदरबारमा बसेको बैठकमा राष्ट्रपतिले प्रधानसेनापतिलाई थमौती गर्न चालेका कदमका बारेमा दलहरूको आ-आफ्नै अडान कायम भएकाले सहमति हुन नसकेको हो।
बैठकमा काङ्ग्रेस र एमालेको प्रस्ताव तथा माओवादी प्रस्तावलाई मिलाएर साझा सङ्कल्पको प्रस्ताव तयार गर्नेबारे छलफल भएको एमाले नेता भरतमोहन अधिकारीले बताए।
माओवादीले राखेको प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए।
उनले माओवादीका माग कडा हुँदै गएको र राष्ट्रपतिलाई आक्षेप लगाउने कुनै पनि प्रस्तावलाई काङ्ग्रेसले समर्थन नगर्ने उल्लेख गरे।
नेपाली काङ्ग्रेस र एमालेले तयार गरेको साझा सङ्कल्प प्रस्तावमा माओवादीले राष्ट्रपतिले प्रधानसेनापति प्रकरणमा दिएको निर्देशन संविधानविपरीत थियो भन्ने भाव समेटिनुपर्ने माग गरेको छ।
यसअघि मंगलबार नै नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच माओवादीको प्रस्तावका बारेमा छुट्टै बैठक बसेको थियो।

मैले कसिकसाउ गरिरहेकै छु


संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङ, यतिबेला आफ्ना अवधारणा तत्काल किनारा लगाउन समितिहरूलाई घचघचाइरहेका छन् । समिति सभापतिदेखि दलका सचेतकसम्मलाई निर्धारित समयभित्र जसरी पनि अवधारणालाई अन्तिम रूप दिन कसिकसाउ गर्दैछन् । उनी राजनीतिक दल र तिनका नेताहरूले संविधान निर्माणको मूल विषयभन्दा अन्य सवालमै बढी केन्दि्रत गरेको अनुभूत गर्दैछन् ।

गिरिजाप्रसाद कोइरालाको अनुरोधमा सुजाता कोइराला उप-प्रधानमन्त्री पदमा नियुक्त



नेपाली कांग्रेसकी नेतृ परराष्ट्र मन्त्री सुजाता कोइरालाले सोमबारदेखि देशको उप प्रधानमन्त्री बनेकी छिन्। प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधमा कोइरालालाई उप प्रधानमन्त्री पद दिएको बताए।
कोइरालाले सोमबार साँढे ६ बजे राष्ट्रपति कार्यालयमा उपप्रधान मन्त्रीका रुपमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री माधव नेपालबाट सपथ लिइन्। सपथ पछि प्रधानमन्त्रीले भने, 'कांग्रेसले के निर्णय गरेको छ मलाई केही थाहा छैन। मैले गिरिजाबाबुले भनेअनुसार गरेको हुँ।'सपथ ग्रहण पछि प्रतिक्रिया दिदैं कोइरालाले भनिन् - "मलाई पार्टी सभापति गिरिजाबाबुको पूर्ण समर्थन र सहयोग छ। यो पार्टीले गर्ने काम पनि होइन। प्रधानमन्त्रीले बनाउने हो उप प्रधानमन्त्री। मलाई माधवजीले भनेपछि म उप प्रधानमन्त्री बनेकी हुँ। पार्टी भित्र पनि कसैले विरोध गरेको छैन। जिल्ला जिल्लाबाट शुभकामना र बधाई आइरहेको छ। अब म थप शान्ति र स्थायित्वका लागि प्रयास गर्नेछु। सरकारलाई कांग्रेस र मेरो पूर्ण सहयोग रहनेछ।" कोइरालालाई यसअगाडि उप प्रधानमन्त्री बन्न नपाएकोमा प्रधानमन्त्रीसँग दुई महिना अगाडि भारत नगएको आरोप कोइरालालाई लागेको थियो।नेपाली कांग्रेसका नेताहरुले कोइरालालाई उप प्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह नगरेको पटक पटक दोहोर्याएका थिए। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भने आफ्नी छोरीलाई कोइरालालाई उप प्रधानमन्त्री बनाउन पटक पटक दबाब दिंदै आएको सञ्चार माध्यमले उल्लेख गरेका थिए।सपथ ग्रहणमा गएका अर्का उप प्रधानमन्त्री विजय गच्छदारले भने आफूसँग भन्ने कुनै कुरा नभएको भन्दै सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएनन्। नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेकी कोइराला उप प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदको वरियाता क्रममा उप प्रधानमन्त्री विजय गच्छदार भन्दा पछि हुनेछिन्। नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले कोइरालालाई उप प्रधानमन्त्री बनाउने विषयमा पार्टीमा कुनै छलफल नभएको बताए। यस अगाडि कांग्रेस विज्ञप्ति प्रकाशित गरी पार्टीले प्रधानमन्त्रीसँग उप प्रधानमन्त्री पद नमागको स्पष्ट पारेको थियो।कोइरालालाई नेपाली कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरी पठाउँदा चार महिना अगाडि कांग्रेसका केन्द्रीय नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए। कोइरालालाई उप प्रधानमन्त्री बनाएकोमा कांग्रेसका गगन थापासहितका केही युवा नेताहरुले विज्ञप्तिमार्फत विरोध गरेका छन्।

महिलाहरू सम्बन्ध किन राख्छन् ?

२०६६ आश्विन ३ - कुनै पनि विवाहित महिलाले आपmना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ? एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पनर्ु नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् । उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ ।टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित 'ह्वाई विमेन ह्याभ सेक्स ?' -महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसँग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् । अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक -सेक्सुअली अट्रयाक्टिभ) लाग्छन् । तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण बताए । एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले के स्वीकार गरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हँुदै जाओस् भनी पतिसँग यौन सम्बन्ध राखिन्छ ।'जीवनमा उल्लास छाओस् भनेर म यौन सम्बन्ध राख्छु,' एउटी महिलाले भनेकी छन्, 'किनभने सेक्स गनर्ु झगडा गर्नभन्दा बढी सजिलो छ ।' कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेछ ।अनुसन्धानमा केही महिलाले जे भने त्यो प्रायलाई अनौठो लाग्न सक्छ । एउटी महिलाले भनेकी छन्, 'मैले पुरुषसँग किन सम्बन्ध राखेँ भने उसमाथि दया लागिरहेको थियो ।'करिब १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिँ आपmना लागि पुरुषले भव्य डिनर आयोजना गरेकाले त्यस्तो कर्म गनर्ुपरेको बताए । विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आपmना ब्वाइपmेन्डबाहेकका पुरुषसँग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे । तीमध्ये कतिपयले आपmनो 'सेक्सुअल परफर्मेन्स' राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए । एउटी छात्राले भनिन्, 'मैले ब्वाइपmेन्डसँग किन यौन सम्पर्क गरेँ भने म आपmनो यौन क्षमता अझ राम्रो बनाउन चाहन्थेँ ।' उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन् ।

Friday, October 2

Madhab Kumar Nepal and Deen Bandu Pokharel


प्रधानमन्त्री माधबकुमार नेपाल र पण्डीत दिनबन्धु पोख्रेल, स्वास्थ्यका लागि खाद्यान्न नेपालले राजधानीमा आजदेखि शुरु गरेको श्रीमद् भागवत् महायज्ञको उदघाटन कार्यक्रममा भलाकुसारी गर्दै । तस्वीर : भट्टाराई कंप्यूटर भैरहवा