Wednesday, October 14

छटपछि सशक्त आन्दोलनः यादव

मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले बिशेष सुरक्षाको नाममा ल्याएको सुरक्षा कार्यक्रम मधेश र मधेशीकाबिरुद्ध लक्षित रहेको बताउनुभएको छ ।
फोरम नवलपरासीद्वारा आज परासीमा आयोजित जनसभामा अध्यक्ष यादवले बिशेष सुरक्षाको नाममा सरकारले मधेशीहरुलाई दुखः दिएको आरोप लगाउनुभयो । उपराष्ट्रपतिलाई भषाको विवादमा तानेर यो सरकारले भेदभाव र अन्याय गरेको बताउँदै सर्बोच्च अदालतको निर्णय पुर्बाग्रही भएको उहाँले जिकिर गर्नुभयो ।
मधेश आन्दोलनले युगान्तकारी परिवर्तन ल्याएको स्मरण गर्दे पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका यादवले मधेश आन्दोलका कारण नेपालमा संघीय गणतन्त्र स्थापना हुन सम्भव भएको बताउनुभयो । उहाँले वर्तमान सरकार हरुवाको जमात भएकोले यो सरकारले नयाँ संबिधान बनाएर देखाउन चुनौती दिनुभयो । मधेश र मधेशीको अधिकारकालागि अन्तिम लडाँई लड्न बाँकी रहेकाले छट पर्व पछि सशक्त आन्दोलन गर्ने यादवले चेतावनी दिनुभयो ।

No comments:

Post a Comment