Saturday, October 31

धार्मिक सदभाव भएको मुलुक बनाउँ: प्रधानमन्त्री


१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले नेपाललाई धार्मिक सदभाव रहेको उदाहरणीय मुलुक बनाउनुपर्ने बताउनुभएको छ ।पशुपतिनाथ परिसरमा निर्माण गरिएको प्रथम आध्यात्मिक हंसमण्डप मञ्च उदघाटन गर्दै उहाँले हिन्दुहरुको बाहुल्य रहेपनि अन्य धर्मको सम्मान गर्नसक्ने नेपालीहरुको विशिष्ट परिचय रहेको बताउनुभयो । प्रधानमन्त्रीले पशुपतिनाथ विश्वभरका धर्मालम्बी र पर्यटकका लागि महत्वपूर्ण स्थान भएकाले यसको संरक्षणमा सबैले आ आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताउनुभयो ।
संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजालले मानव धर्म तथा आस्थालाई दुवैलाई संगै लिएर जाने सरकारको नीति रहेको बताउनुभयो । उहाँले पशुपतिको विकास र सरसफाइमा सबैले योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।
एक करोड रुपियाँको लागतमा नेपाल मानव धर्म सेवा समितिले हंसमण्डप मञ्च निर्माण गरेको हो । पशुपति परिसर वनकालीमा निर्माण भएको मञ्च अध्यात्मिक प्रायोजनमा प्रयोग गरिने समितिको अध्यक्ष जनकलाल कर्णले बताउनुभयो ।

No comments:

Post a Comment