Thursday, October 22

माओवादीले आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै

कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले आज आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने भएको छ । दलहरुबीचको पटक पटकको छलफलबाट पनि आफ्नो माग पूरा हुने संकेत नदेखिएपछि माओबादीले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने भएको हो ।विहान ११ बजेपछि कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने स्थायी समिति बैठकले आन्दोलनको स्वरुप र कार्यक्रमहरु तय गर्ने सो पार्टीले जनाएको छ ।

विहीबार बसेको स्थायी समिति बैठकले आजको बैठकबाट आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा आन्दोलन बाहेक, पार्टीको रणनीति, राजनीतिक सहमतिका लागि थप प्रयास लगायतका विषयमा पनि छलफल हुने एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
सरकारले बर्खास्त गरेका प्रधानसेनापतिलाई थमौति गर्ने राष्ट्रपतिको असंवैधानिक कदम सच्चीनुपर्ने र नागरिक सर्बोच्चता कायम हुनुपर्ने माग गर्दै एकीकृत माओवादीले सडक र सदनबाट आन्दोलन गर्दै आएको छ ।

No comments:

Post a Comment