Wednesday, October 14

बाल लडाकुको अविलम्व र व्यवस्थित विदाईका लागि आग्रह

२०६६ आश्विन २८ - बालबालिका तथा सशस्त्र द्वन्द्व सम्बन्धि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि राधिका कुमारास्वामीले प्रमाणिकरण प्रक्रियामा नावालिगका रुपमा पहिचान गरिएका माओवादी बाल लडाकुको अविलम्व र व्यवस्थित विदाईका लागि आग्रह गरेकी छन् । उनले नावालिगहरुको विदाई प्रक्रिया अवलोकन गर्नका लागि केही हप्तामै नेपालको भ्रमणमा आउन आफू उत्सुक रहेको पनि बताएकी छन् । दुई बर्ष अघि सम्पन्न प्रमाणिकरणमा माओवादी लडाकु शिविरहरुमा २ हजार ९ सय ७३ बाल लडाकु पहिचान भएका थिए ।उनले ती बालबालिकालाई नयाँ जीवन सुरुवात गर्ने तथा शान्त र समुन्नत नेपाल निर्माणमा सहयोग पुर्‍याउने अधिकार रहेको उल्लेख गर्दै उनीहरुको नेपाली समाजमा सफल पुर्नस्थापनाका लागि सहयोग पुर्‍याउन राष्ट्रसंघ र यसका साझेदारहरु सदैब तत्पर भएको बताइन ।केही समयअघि प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग यस बिषयमा गरिएको छलफलको स्मरण गर्दै उनले मंगलबारबाट पुन सुरु गरिएको नावालिगका रुपमा पहिचान गरिएका माओवादी लडाकुहरुको विदाइ र पुर्नस्थापनाको स्वागत गरेकी छन् । उनले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै प्रकृया सुचारु ढंगबाट अघि बढेको र यथासिघ्र उक्त प्रकृया सम्पन्न भएको सुनिश्चित गर्न सबैपक्षलाई आह्वान गरेकी छन् ।

No comments:

Post a Comment