Wednesday, October 14

गिरिजा प्र. कोइरालाकी छोरी सुजाता बढुवाको कांग्रेसभित्रै आलोचना

ओर्लंदा कोइराला: बिराटनगर विमानस्थलमा ओर्लेपछि तनावमा देखिएका कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला। छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएको विरोध सामना गरिरहेका कोइरालाले यस पटक विमानस्थलमा मिडियाकर्मीसँग कुरा गरेनन्।
पार्टी सभापतिकी छोरी तथा परराष्ट्र मन्त्री सुजाता कोइरालालाई बढुवा गरेर उपप्रधानमन्त्री बनाइएको तेश्रोदिन बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बरिष्ठ सदस्यहरुले सो निर्णयको आलोचना गरेपनि कुनै निर्णय भने लिन सकेनन्।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको एकल निर्णयले उनकी छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले आलोचना गरेका छन्।
उनीहरुले पार्टीभित्र संस्थागत निर्णय प्रक्रिया हुनुपर्नेमा जोड दिएका छन्।

परराष्ट्र मन्त्री सुजाता कोइरालालाई बढुवा गरेर उपप्रधानमन्त्री बनाइएको तेश्रोदिन बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बरिष्ठ सदस्यहरुले सो निर्णयको आलोचना गरेका थिए।
तर उक्त कदमबारे बुधबार कुनै निर्णय गरिएन।

बैठक बिहीबार पनि जारी रहने बताइएको छ।
परराष्ट्रमन्त्री सुजाता कोइरालालाई प्रधानमन्त्री माधबकुमार नेपालले गत आइतबार हठात् उपप्रधानमन्त्रीमा बढुवा गरे पछि आयोजित बैठकलाई निकै चासोका साथ हेरिएको थियो।
छलफल
दिउंसो दुइबजेदेखि शुरु भएको बैठकमा अधिकांश समय महासमिति बैठकबारे छलफल भएको थियो भने साँझ ६ बजेपछि मात्रै सुजाता कोइराला प्रकरणले बैठकमा प्रवेश पाएको थियो।

बैठकमा संसदीय दलका नेता र उपनेता तथा पार्टीका उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंह लगायतले सभापति कोइरालाले एकल निर्णय गरेको भन्दै आलोचना गरेका थिए।

कांग्रेस प्रवक्ता अर्जुननर्सिंह के सीले भने, “भर्खर विषयले प्रवेश पाएको छ। हामी चारपाँच जनाले बोलेकोमा सबैले संस्थागत निर्णय हुनुपर्छ भन्नेमा जोड दिएका छौं”।

बिहीबारको बैठकमा केही निर्णय लिने भनिए पनि पिता कोइराला या छोरी कोइरालाबारे के निर्णय लिइनेछ त्यसबारे उनले केही भनेनन्।

केन्द्रीय समितिको बैठकमा विरलै उपस्थित हुने सभापति कोइराला बुधबार नै बिराटनगर प्रस्थान गरेका थिए।

विवादमा परेकी सुजाता कोइराला भने आफ्नो बारेमा कुराकानी हुँदा बैठकमा उपस्थित थिइनन्।

No comments:

Post a Comment