Saturday, October 31

डा. श्रेष्ठ र रिजालको कदमप्रति ओमानको गम्भीर आपत्ति

१४ कात्तिक, काठमाण्डौ । रुसमा रहेर विगत ९ वर्षदेखि फ्री नेपाल डट कम नामक अनलाइन संचालन गरिरहेका डा. मधुकृष्ण श्रेष्ठ र शम्भुप्रसाद रिजालले नेपालस्थित कार्यालयमा कार्यरत पत्रकार र कर्मचारीले आफूले काम गरेको पारिश्रमिक माग गर्दा उल्टै डोमेनसमेत लिएर भागेको भन्ने घटनाप्रति अनलाइन मिडिया एसोसिएसन (ओमान) ले गम्भीर आपत्ति जनाएको छ ।
अनलाइन मिडियाहरुको प्रतिनिधिमूलक संस्था ओमानका महासचिव धर्मराज भूसालले एक वक्तव्य जारी गर्दै फ्री नेपाल डट कम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुबीचको विवादले ओमानको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
वक्तव्यमा महासचिव भुसालले विगत ९ वर्षदेखि निरन्तर संचालनमा रहेको उक्त अनलाइनमा कार्यरत ५ जना श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले विगत लामो समयदेखि पारिश्रमिक नपाएको र पछिल्लो समयमा उक्त अनलाइनका संयोजक शम्भुप्रसाद रिजाल र प्रधानसम्पादक डा. मधुकृष्ण श्रेष्ठले साइट बन्द गरी कार्यरत पत्रकारहरुलाई विचल्लीमा पारेको भन्ने उजुरी ओमानमा परेकाले यसप्रति हामी गम्भीर भएको उल्लेख गर्नुभएको छ।
वक्तव्यमा भर्खरै फस्टाउादै गरेको अनलाइन मिडियाहरुमा आचारसंहिता, श्रमजीवी पत्रकार ऐनलगायत कार्यन्वयनमा ओमानले विगतदेखि नै जोड दिदै आएको उल्लेख गर्दै सरकारसंगसमेत मुलधारको संचारको मान्यता माग गर्दै प्रेस पास, विज्ञापनलगायतका विषयमा छलफल चलिरहेको छ उल्लेख गर्नुभएको छ।वक्तव्यमा यस्तो अवस्थामा रुसमा रहेका डा. श्रेष्ठ र रिजालले संचालन गरेको अनलाइन फ्री नेपाल डट कममा कार्यरत पत्रकारहरुलाई पारिश्रमिक दिनुको सट्टा डोमेन नेम लिएर भाग्नेजस्तो गैरजिम्मेवार कदमप्रति अनलाइन मिडिया एसोसिएसन कडा शब्दमा आपत्ति जनाउछ भनिएको छ।
साथै एउटा जिम्मेवार मिडियाका रुपमा अनलाइनहरुलाई अघि बढाउने र व्यवस्थित गर्दै अनलाइन र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुको अधिकार स्थापित गर्ने कार्यमा ऐक्यबद्धता जनाउादै संचारसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्था सहयोग गर्न आग्रह गरिएको छ।
साथै श्रमको मूल्य दिन र साइटमा कार्यरत पत्रकारहरुलाई काममा फर्काउन वक्तव्यमार्फत संचालकद्वयसंग हार्दिक अनुरोध गरिएको छ । अन्यथा उनीहरुविरुद्ध आवश्यक नैतिक तथा कानुनी कदम चाल्न बाध्य हुने जानकारीसमेत वक्तव्यमा दिएको छ।

No comments:

Post a Comment