Wednesday, October 21

नेपालमै पहिलो पटक चमेराको अनुसन्धान

नेपालमै पहिलो पटक चमेराको अनुसन्धान

कबिराज भट्टाराई
४ कात्तिक, पाल्पा । प्राकृतिक स्रोत र साधनको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने स्तनधारी पंक्षी चमेराको नेपालमै पहिलो पटक पाल्पाका एक युवक शोधकर्ताले अध्ययन थालेका छन् ।
वन विज्ञानमा स्नातक अध्यायनरत तानसेन नगरपालिका काजीपौवाका २८ बर्षीय हरि अधिकारीले बिगत एक बर्ष देखि पाल्पाको विभिन्न स्थानमा चमेराको बारेमा अध्यायन गर्दै आएका छन् । अधिकारीले पाल्पाको अर्गली, मदनपोखरा, तानसेन नगरपालिका, बौघागुम्बा, राम्दी, सिलुवा लगायतका स्थानमा अध्ययन गर्दा सात थरि प्रजातीका चमेराहरु फेला परेको बताएका छन् ।
उनले विश्व प्राकृतिक स्रोत अनुसन्धान र संरक्षण नेपालको प्रतिनिधीका रुपमा चमेराका बिषयमा अध्ययनकर्ता गरेका थिए । दुर्लभ मानिएको यो स्तनधारी पंक्षी चमेराले बोटबिरुवा र बाली नालीको परागसेचनमा महत्वपूर्ण भूमिका खेले पनि यसको महत्व भने पाल्पलीहरुले नबुझेर चमेरालाई मासु खाने गरेको अध्ययनका क्रममा पत्ता लागेको अधिकारीको भनाइ छ । जिल्लाका केही गाउ बिकास समितिहरुमा अध्ययन गर्दा चमेराहरु पत्ता लागेकोले थप अध्ययन गर्ने हो भने पाल्पामा धेरै प्रजातीका चमेराहरु हुनसक्ने उनको अनुमान छ ।
पाल्पा जिल्लामा अहिले मांसहारी र शाकाहारी चमेराहरु फेला परेका छन् । त्यसमा पनि किरा फट्याङग्रा माछा चराहरु खाने र फलफूल खाने चमेरा फेला परेको छ । त्यसमध्ये सरकारले संरक्षण गर्नुपर्ने पंक्षीको सूचिमा पाल्पाको मदनपोखरामा र तानसेनको नारायणस्थानमा पाइने टेरेबस नामको चमेरा पनि पाइएको उनको दावी छ । किरा खाने चमेराले बिभिन्न बाली नालीमा लाग्ने किराहरु खाएर किसानलाई फाईदा पुगिरहेको भएपनि स्थानिय बासिन्दाहरुलाई त्यो बिषयमा सामान्य जानकारी समेत नभएकोले यसको बारेमा जानकारी दिनु पर्ने्र धारणा राख्छन् जिल्ला वन कार्यालय पाल्पाका अधिकृत रामबावु पौड्याल । विश्वका दश उत्कृष्ट मल मध्ये चमेराको मल धेरै राम्रो भएको र चमेराको मलबाट लगाइएको खेती दोब्बर उत्पादन हुने अधिकारीको दावी छ । यो प्रजातीको चमेराले प्रतिघण्टा ६ सय सम्म किराहरु खान सक्ने बैज्ञानिक अनुमान छ ।
नेपालमा अहिले सम्म ५८ प्रजाती चमेराको बारेमा अध्ययन् भईसको छ । त्यसमध्ये पाल्पाका केहि स्थानमा अनुसन्धान गर्दा पनि सात प्रजातीका चमेरा पाउनुले थप अनुसन्धानको वाटो खुलेको छ ।

No comments:

Post a Comment