Sunday, March 21

कोइराला दक्षिण एसीयाकै मार्गदर्शकः भारतीय नेताहरु

भारतीय नेताहरुले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गिय गिरिजाप्रसाद कोइराला नेपाल र भारतका मात्रै नभएर दक्षिण एसीयाकै मार्गदर्शक भएको बताएका छन् । उहाँको निधनले नेपाललाई मात्रै नभएर दक्षिण एसियालाई नै ठूलो क्षति पुगेको उनीहरुले बताएका छन् ।




स्वर्गिय कोइरालाको पार्थिव शरिरमा आइतबार दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली दिंदै उनीहरुले दश वर्षे जनयुद्धमा रहेका तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रिया मार्फत राजनीतिक मुलधारमा ल्याउन सफल भएको स्मरण गर्दै उनीहरुले उहाँको निधनले भारत समेत शोकाकुल रहेको बताएका छन् ।



दशरथ रंगशालामा सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै भारतीय राष्ट्रवादी कांग्रेसका महामन्त्री डीवी त्रिपाठी, भारतीय सोसलिष्ट फन्टका संयोजक लगायतका नेताहरुले स्वर्गिय कोइरालाले शान्ति र संविधानका लागि पुर्‍याएको योगदानका कदर गर्दै उहाँको अधुरो सपना पूरा गर्न नेपालका राजनीतिक दलहरु सहमति, सहकार्य र एकताका साथ अघि बढ्न आग्रह गरेका छन् ।



स्वर्गिय कोइरालाको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलि दिनका लागि भारत लोकसभाका सभामुख मिरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा लगायत अन्य भारतीय नेताहरु अपरान्ह साढे १२ बजे काठमाण्डौ आईपुग्नु भएको हो । उहाँहरु स्वर्गिय कोइरालाको अन्त्येष्टि पछि आइतबार सांझ नै स्वदेश र्फकनु हुने छ ।

No comments:

Post a Comment