Saturday, December 19

प्रहरी र गाँउलेबीच झडप, १२ घाइते

४ पुस, वीरगंज । बाराको कवहीगोठमा आज दिउँसो प्रहरी र गाँउले बिच झडप हुदाँ प्रहरी नायव निरिक्षक सहित १२ जना भन्दा बढी घाइते भएका छन ।



मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कवही गोठ १ का पन्नालाल यादवलाइ पक्राउ गरेपछि गाँउलेसंग झडप भएको हो । इलाका प्रहरी कार्यालय कवहीगोठबाट गएको प्रहरी टोलीले निर्दोष व्याक्तिलाई पक्राउ गरेको भन्दै गाँउलेहरुले प्रहरीलाइ कुटपिट गर्न खोज्दा झडप भएको हो ।



प्रहरी तर्फ घाइते हुनेहरुमा प्रहरी नायव निरिक्षक विजय यादव, प्रहरी हवल्दार विरेन्द्र यादव, प्रहरी जवान रामविनय यादव, दिपक खत्री, चन्दन साह, उमेश यादव, आनन्द मल्ल, देवनारायण महत्तोे, जितेन्द्र सिंह र सशस्त्र प्रहरीका नरेश थापा रहेका छन ।



गाँउले तर्फ घाइते हुनेहरुमा ६ जना रहे पनि उनिहरुको नाम खुल्न सकेको छैन । घाइतेहरुको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । प्रहरी नायव निरिक्षक विजय यादवले आफुले गल्ति गरेको भन्दै माफी मागेपछि मात्र गाँउलेहरुले घाइतेहरुलाइ उपचारका लागि कलैया ल्याउन दिएका हुन । गाँउलेहरुले प्रहरीले विना कारण गाँउलेहरुलाइ दुख दिएको आरोप लगाएका छन ।

No comments:

Post a Comment