Saturday, December 19

माओवादीद्वारा देशभर मसाल जुलुस प्रदर्शन

४ पुस, काठमाण्डौ । आमहड्तालको पूर्वसन्ध्यामा एकीकृत नेकपा माओवादीले राजधानी लगायत देशभरको मुख्य शहरहरुमा शनिबार सांझ मसाल जुलुस प्रदर्शन गरेको छ ।




नागरिक सर्वोच्चताको माग राख्दै तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले भोलिदेखि ३ दिन सम्म गर्ने आमहडताललाई सफल पार्नका लागि देशभर मसाल जुलुस प्रदर्शन गरेको जनाएको छ । माओवादीले राजधानीको रत्नपार्क लगायत देशका मुख्य शहरहरुमा मसाल जुलुस प्रदर्शन गरेको छ ।



प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता स्थापना हुनुपर्ने, आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।

No comments:

Post a Comment