Wednesday, November 18

गाउँखाने कथा

गाउँखाने कथा
१. घरबाट जाँदा मरेर जाने,
वनबाट बिउँती आँखा तरी आउने ।
२. चरी होइन चुच्चो छ, जन्तु होइन खुट्टो छ
आफू बिराम गर्दैन, परिआए पछि सर्दैन ।
३. काठको कट्याङ कुटुङ काठकै सोइला
अघि लागे रामलक्ष्मण पछि लागे पाइला ।
४. एउटा भन्छ म लामो, अर्को भन्छ मै लामो ।
५. एउटा रूखका बाह्र हाँगा,
बाह्र हाँगामा तीन सय पैंसठ्ठी पात ।
६. दुई दिदीबहिनी मुखैविना कुरा गर्छन् ।
७. दुई पाङ्ग्रा छ साइकल होइन, दगुर्छ मोटर होइन ।
८. पकाए नपाक्ने, उसिने नहुने, आगामा हाल्दा सकिने ।
९. पर पर सर्छ, फुल पार्दै गर्छ ।
१०. फल न फूल डाँठ मात्र मोटो ।
-स्रोत ः नेपाली उखान र गाउँखाने कथा)
११. छिपछिपे पानी गौरीघाट, बत्तीस टुसा एउटै पात ।
१२. हेरे दुईटा नहेरे एउटा, हेर्छु तँलाई देख्छु मलाई ।
१३. टाउकोले लेख्ने, पुच्छरले मेट्ने ।
१४. हरियो गाड्ने सुन फलाउने,
सुनचाहिँ ˆयाँकेर चाँदी तुल्याउने ।
१५. आँखा छ देख्दैन, कान छ सुन्दैन,
मान्छे हो तर बोल्दैन ।

No comments:

Post a Comment