Wednesday, November 18

रातो भयो सिड्नी सहर

विज्ञान जानकारी
गएको सेप्टेम्बर महिनाको २३ तारिखको कुरो हो । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी राता धूलाले गर्दा रातै देखियो । ती धूलाका कण हावाले मरुभूमिबाट उडाएर ल्याएका थिए ।
राता धूलाका कणले गर्दा सहरमा वस्तुहरू प्रस्ट देखिँदैनथ्यो । फलस्वरूप सिड्नीबाट विदेशतर्फ जाने विमानहरू जान सकेनन । विदेशबाट सिड्नीमा आउने विमानहरू पनि विमानस्थलमा ओराल्न सकिएन । मानिसहरू मास्क लगाएर घुमफिर गर्न बाध्य भए ।
चन्द्रमामा पानी भएको पुष्टि
अन्ततः चन्द्रमामा पानी भएको पुष्टि भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र -इसरो) ले गएको सेप्टेम्बर महिनामा चन्द्रमामा पानी भएको जानकारी दिएको छ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान-१ ले सङ्कलन गरेको जानकारीको आधारमा चन्द्रमामा पानी भएको जनाइएको हो । इसरोले चन्द्रमामा अनुमान गरिएभन्दा बढी नै पानी रहेको पनि जनाएको छ ।
अमेरिकाको अन्तरिक्ष एजेन्सी -नासा) ले पनि चन्द्रमामा पानी भएको कुराका पुष्टि गरेको छ ।
सन् २००८ को अक्टोबर महिनामा भारतले चन्द्रयान पठाएको थियो । चन्द्रयानले चन्द्रमाको कक्षमा ३१२ दिन बिताएको थियो । त्यहाँबाट यानले ठूलो सङ्ख्यामा विभिन्न तथ्याङ्क तथा तस्बिरहरू पठाएको थियो ।
चन्द्रमामा सोचेभन्दा पनि ठूलो परिमाणमा पानी रहेको प्रमाण फेला परेबाट वैज्ञानिकहरू निकै उत्साहित भएका छन् ।
पृथ्वीको तापक्रम बढ्दैछ
मानिसहरूको बासस्थल पृथ्वीको तापक्रम तीब्र गतिले बढिरहेको छ । अहिलेकै गतिमा तापक्रम बढिरहृयो अहिले पृथ्वीमा रहेका मानिसहरूमध्ये केहीले तापक्रम वृद्धिको विनाशको सामना गर्नुपर्नेछ । ती मानिसहरूकै जीवनकालमा पृथ्वीको तापक्रम अहिलेको भन्दा चार डिग्री बढी हुने बेलायतको हेड्ली सेन्टर भन्ने संस्थाले जनाएको छ । सो संस्थाले विश्वको जलवायुको निगरानी र अध्ययन गर्दछ । सो संस्थाले सुपर कम्प्युटरको सहायताबाट प्रस्तुत गरेको विवरण अनुसार त पृथ्वीको विनाशकारी परिवर्तनको समय अब धेरै टाढा छैन ।
सामान्य तापक्रममा चार डिग्रीको दरले वृद्धि भयो भने सन् २०५० को दशकमा आर्कटिक र अपिmका जस्ता केही क्षेत्रको तापक्रम १० डिग्रीसम्म बढ्नेछ । यसरी तापक्रम बढेमा केही क्षेत्रमा पानी अत्यन्त कम पर्ने र केही क्षेत्रमा बाढीको प्रकोप निकै बढ्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । त्यसो भएको खण्डमा विश्वका आधाभन्दा बढी जीवजन्तुको विनाश हुनेछ ।

No comments:

Post a Comment