Thursday, November 5

खोटाङमा माओवादीद्वारा कर्मचारीमाथि हातपात/ मुक्त कमैयाद्वारा महेन्द्रराजमार्ग अवरुद्ध

खोटाङ - कमिसनको लोभमा ब्ल्याकमा टिकट बेचेको भन्दै माओवादी कार्यकर्ताले खोटाङबजारस्थित नेपाल वायुसेना निगमका कर्मचारीमाथि विहिवार हातपात गरेका छन्। निगमका स्टेसन म्यानेजर भीम सापकोटामाथि माओवादी कार्यकर्ता अनुहाङ किराती नेतृत्वको समूहले हातपात गरेका हुन्।
सापकोटाले हप्तौ टिकट कुर्नेलाई नदिएर कमिसनको लोभमा टिकट बेच्दै गरेको अवस्थामा खोटाङबजारस्थित इलाका प्रशासन कार्यालय घेराउ गर्न गएका माओवादी कार्यकर्ताले फेला पारेपछि हातपात गरेको माओवादीले जनाएको छ। हातपातपछि अहिले खोटाङबजार तनाबग्रस्त बनेको छ।
महेन्द्रराजमार्ग अवरुद्ध
भुमिसुधार कार्यालय कैलालीले मुक्त कमैयालाई वन क्षेत्रको जमीन बितरण गर्ने भनी गरेको निर्णयको बिरोधमा वन उभोक्ताहरुले महेन्द्रराजमार्ग बन्द गरेका छन। केही दिन अघि सामुदायिक वन भित्र रहेको ३५ बिगाह क्षेत्रफल जग्गा मुक्त कमैयाहरुलाई बितरण गर्ने निर्णय भूमिसुधार कार्यालयले गरेको थियो। त्यसकै विरोधमा कैलालीको पथरैया गाविस–५ स्थित ऐश्वर्य सामुदायिक वनका उपभोक्ताहरुले राजमार्ग अबरुद्ध गरेका छन्।
बिहीबार दिँउसो पौने तीन बजेदेखि राजमार्गको लम्कीमा चक्काजाम गरेको जिल्ला प्रहरीले जनाएको छ। उपभोक्ताहरुले भुमिसुधार कार्यालयले गरेको निर्णय फिर्ता नलिए अनिश्चितकालिन राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन। बन्दपछि दर्जनौ सवारी साधन राजमार्गमा रोकिन पुगेका छन ।

No comments:

Post a Comment