Thursday, November 5

माओवादी आन्दोलन नयाँ क्रान्तिः प्रचण्ड

१९ कात्तिक,
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ क्रान्तिको संज्ञा दिदै सबैले एकता प्रदर्शन गरी यसलाई सफल पार्न अपिल गर्नु भएको छ ।
इलाम सदरमुकाम इलाम बजारमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले सुरु गरेको आन्दोलनलाई कमजोर ठाने दुनियाँको कुनैपनि शक्तिले रोक्न नसक्ने आन्दोलन सिर्जना हुने चेतावनी दिनुभयो । अध्यक्ष प्रचण्डले सरकारका मन्त्रीहरुले राजाका पालाका मन्त्रीहरुले जस्तो बोल्दै हिडेको आरोप लगाउदै त्यस्तो अभिव्यक्ति बन्द गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिको कदम परिवर्तन विरुद्धको मजाक भएको अरोप लगाउदै त्यसलाई सच्याउन आन्दोलन सुरु गरेको बताउनु भयो । अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धको उपलब्धि रक्षाका लागि नै अहिलेको आन्दोलन जरुरी भएको भन्दै त्यसमा सहभागी हुन सबैमा अपील समेत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले माओवादीले कुर्सीका लागि नभएर नागरिक सर्वोच्चताको लागि आन्दोलन गरेको जिकीर गर्नुभयो । माओवादीलाई कुर्सी नभइ जनताको मुक्ति प्यारो भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी नेतृत्व्को सरकारलाई सरकार भित्र र बाहिर रहेका शक्तिहरुले हलो अड्काएर पिट्ने गरेकोले सरकार छाडेर सडकमा आएको बताउनु भयो ।

No comments:

Post a Comment