Thursday, November 5

दलहरुलाई मिलेर जान भारतको सुझाव

काठमाडौं । भारतले दलहरुबीच सहमति र एकतामा जोड दिएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंगको भेटमा भारतीय नेताहरुले सहमतिबाटै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पु¥याउन सुझाव दिएका हुन् ।
भ्रमणको तेस्रो दिन खनालले भारतीय विदेशमन्त्री एस एम कृष्णा, गृहमन्त्री पी चिताम्बरम, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव प्रकाश करांत र भारतीय कम्युनिष्ट पाटीका महासचिव ए वद्र्धनेससंग महत्वपूर्ण भेटघाट गर्नुभयो । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, दलहरुबीच बढेको असमझदारीको कारण, माओवादी आन्दोलनलगायतका विषयमा छलफल भएको थियो ।
भेटपछि कुरा गर्दै नेता खनालले द्विपक्षीय हितमा विशेष कुराकानी भएको बताउँदै भारतले नेपालको शान्ति, विकास र प्रगतिको वातावरण निर्माणमा जोड दिएको उल्लेख गर्नुभयो । खनालले भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव प्रकाश करांतसंग पनि भेटवार्ता गर्नुभयो । भेटमा माओवादी आन्दोलनबारे गम्भीर समिक्षा भएको थियो । यसअघि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता वद्र्धनेसंगको भेटमा पनि माओवादी आन्दोलनबारे गम्भीर कुराकानी भएको थियो ।

No comments:

Post a Comment