Saturday, November 21

सेनामा नयाँ भर्ना खोल्ने रक्षामन्त्रीको संकेत

६ मंसिर, काठमाडौं । रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेनामा नयां भर्ना खोल्न लागेको खुलासा गर्नुभएको छ । उहाँले नियमित प्रक्रिया अन्र्तर्गत सैन्य भर्ना खोल्न प्रधानमन्त्री माधवकुमार नेपालले समेत सहमति दिएको जनाउनुभयो ।

‘नेपाली सेनामा नियमित प्रक्रिया अन्र्तर्गत तत्काल नयां भर्ना खुल्छ,’ शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री भण्डारीले भन्नुभयो,’सेनामा आवश्यक जनशक्ति पूरा गर्न सैन्य भर्ना अनिवार्य छ ।’ सेना राष्ट्र र जनताको सुरक्षाका लागि भएकाले विधिअनुसार अगाडि बढ्न कसैले रोक्न नसक्ने उहाँको दावी छ ।
देश र जनताको सुरक्षाका लागि आवश्यक पर्दा सेना परिचालन हुनसक्ने संकेत गर्दै मन्त्री भण्डारीले भन्नुभयो,’देश र जनताको सुरक्षाका लागि राज्यले सुरक्षाका सबै अंगलाई परिचालन गर्नसक्छ ।’ माओवादी अध्यक्षको पछिल्ला अभिव्यक्ति शान्ति सम्झौता विरुद्ध रहेको टिप्पणी गर्दै उहाँले शान्ति सम्झौता विपरित माओवादीले आन्दोलनका नाममा अराजक गतिविधि संचालन गरेको आरोप लगाउनुभयो ।
माओवादीसंग हतियार र सेना रहेसम्म उसको नेतृत्वको सरकार असम्भव भएको मन्त्री भण्डारीको भनाइ छ । लोकतान्त्रिक राजनीतिमा आउने हो भने माओवादी निसस्त्र हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो,’लोकतान्त्रिक मुलुकमा कुनैपनि दल विशेषसँग सेना र हतियार हुनुहुदैन, माओवादी निशस्त्र नभएसम्म सरकारमा आउन असम्भव छ ।’

No comments:

Post a Comment