Sunday, November 22

माओवादीद्वारा तेश्रो चरणको आन्दोलन घोषणा, पुस ५, ६ र ७ गते आमहड्ताल

६ मंसिर,
एकीकृत नेकपा माओवादीले नागरिक सर्वोच्चताको मागमा सरकार र दलहरु गम्भीर नभएको भन्दै तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
शनिबार बसेको माओवादी केन्द्रीय समिति बैठकले प्रचारप्रसारदेखि आमहड्तालसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । माओवादीले आर्थिक संकटबाट मुलुकलाई बचाउन भन्दै तीन दिनका लागि बजेट पास गर्न दिन व्यवस्थापिका संसदको बैठक खुलाउने निर्णय गरेको छ ।

माओवादीले प्रचार-प्रसार, धर्ना, जुलुस र आमहड्तालसम्मको कार्यक्रम घोषणा गरेको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार साँझ आयोजित पत्रकार सम्मेलमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
माओवादीले मंसिर ७ देखि १५ गतेसम्म प्रचारप्रसार, १६ गतेदेखि २६ गतेसम्म जनवर्गीय संगठनलाई प्रशिक्षण र २६ देखि पुस ४ गतेसम्म जातीय मोर्चाहरुको प्रशिक्षण तथा पुस ५, ६ र ७ गते तीन दिन आमहड्तालको घोषणा गरेको छ । त्यतिबेलासम्ममा पनि माग पूरा नभए आमहड्ताल घोषणा गर्ने प्रचण्डले जानकारी दिनुभयो ।
माओवादीले आर्थिक संकटबाट मुलुकलाई बचाउन भन्दै तीन दिनका लागि बजेट पास गर्न दिन व्यवस्थापिका संसदको बैठक चल्न दिने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । तर, कुन कुन दिन बजेट पास गर्न संसद खोल्न दिने भन्ने चाँही आइतबार बस्ने संसदीय बोर्डको बैठकले निर्णय गर्ने बताइएको छ । बोर्ड माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा छ ।
सहमतिबाटै राजनीतिक गतिरोध अन्त्य गर्ने बताएको माओवादीले अचानक दवावमुलक कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम घोषणा गर्न शनिबार बिहान माओवादीको पोलिटब्युरो बैठक बसेको थियो ।
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले शनिबार साँझ जारी गरेको प्रेश विज्ञप्तीको पूर्ण पाठ
तेस्रो चरणको संघर्षको कार्यक्रम
I. मंसिर ७-१५ गतेसम्म – प्रचार-प्रसार -भित्तेलेखन, पर्चा, पोष्टरहरु)
II. मंसिर १६-२५ गतेसम्म – जनवर्गहरुको विरोध कार्यक्रम
1= मंसिर १६ गते – विद्यार्थी
2= ” १८ – महिला/शहीद र वेपत्ता परिवार तथा घाइते योद्धा र अपाङ्ग
3= ” १९ – दलित/मुस्लिम
4= ” २१ – साँस्कृतिककर्मी/पत्रकार
5= ” २२ – शिक्षक/बुद्धिजीवी/उद्योग व्यवसायी
6= ” २३ – युवा/खेलाडी
7= ” २४ – किसान/सुकुम्बासी/मुक्त कमैया/हलिया
8= ” २५ – मजदुर
III. मंसिर २६-पौष ४ गतेसम्म – जातीय/क्षेत्रीय मुक्ति मोर्चाहरुको विरोध कार्यक्रम
1= मंसिर २६ गते – लिम्बुवान र कोचिला
2= ” २८ – सेती-महाकाली/थारुवान
3= ” २९ – किराँत/शेर्पा
4= ” ३० – भेरी-कणर्ाली/भोटे लामा
5= पौष १ – नेवाः/ताम्सालिङ्ग -चेपाङ, माझी, राई-दनुवार,
थामी, हेल्मो, पहरी इत्यादि)
6= पौष २ – मगराँत/तमुवान -कुमाल, थकाली)
7= ” ३ – मधेश -अवध, भोजपुरा, मिथिला)

क्ष्ख्। पौष ५, ६ र ७ गतेः देशव्यापी आम राजनैतिक हडताल -यातायात, कलकारखाना, शिक्षण सँस्था, बजार, कार्यालय बन्द)

ख्। अतिरिक्त राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई आम नागरिक बहिष्कार र कालो झण्डा प्रदर्शन निरन्तर जारी राख्ने ।

द्रष्टव्य: यो चरणको संघर्षबाट पनि नागरिक सर्वोच्चता लगायतका मागहरु सम्बोधन नगरिएमा अर्को चरणमा अनिश्चित आम हडताल लगायतका कार्यक्रहरु घोषणा गर्न वाध्य हुनेछौं ।
२०६६ मंसिर ६
केन्द्रीय कार्यालय
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल

No comments:

Post a Comment