Saturday, November 21

पूर्व राजालाई रातो पासपोर्ट


५ मंसिर, काठमाडौं । सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई कूटनीतिक राहदानी उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयले मन्त्रालयस्तरीय निर्णय गरी शाहका नाममा मंगलबार रातो पासपोर्ट जारी गरेको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले रातो पासपोर्ट उपलब्ध गराएको पुष्टि गर्दै राष्ट्राध्यक्षलाई रातो पासपोर्ट उपलब्ध गराउनु सामान्य भएको बताए । ती अधिकारीका अनुसार पूर्व राजाका नाममा एक वर्षका लागि यस्तो राहदानी जारी गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले राजदरबारका पूर्वप्रमुख पशुपतिभक्त महर्जनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयमा कूटनीतिक राहदानीका लागि औपचारिक निवेदन दिएका थिए ।
परराष्ट्र स्रोतका अनुसार पूर्वराजाले निवेदनमा रातो पासपोर्ट लिनुपर्ने कारण खुलाएका छैनन्, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment