Monday, November 30

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव

मिति : २०६६।७।१७

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग आज संविधान सभाका सम्माननीय अध्यक्ष सुभाष चन्द्र नेम्वाङले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो। भेटका अवसरमा सम्माननीय अध्यक्षले संविधानसभाका गतिविधिबारे जानकारी गराउनु भयो।

मिति : २०६६।७।१३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर, लामाटार, वडा नं. ८ निवासी श्री मधुवन प्रसाद पौडेललाई कुवेतका लागि र ललितपुर, ललितपुर उपमहानगरपालिका, वडा नं. १६ निवासी श्री सुशीलचन्द्र अमात्यलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपाली राजदूत पदमा नियुक्ति गर्नुभएकोले यो सूचना प्रकाशन गरिएको छ।


मिति : २०६६।७।११

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री रुक्म शम्शेर ज.व.रा.लाई गणतन्त्र भारतका लागि नेपाली राजदूत पदमा नियुक्ति गर्नुभएकोले यो सूचना प्रकाशन गरिएको छ।


मिति : २०६६।७।११

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो। भेटका अवसरमा समसामयिक विषयमा छलफल भएको थियो।


मिति : २०६६।७।१०

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग आज भारतका माननीय वाणिज्य मन्त्री आनन्द शर्माले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो।

No comments:

Post a Comment