Monday, November 30

माओवादीले चाहेजस्तो जनगणतन्त्रात्मक संविधान सम्भावना नरहेको देउवाको दाबी


माओवादीले आन्दोलनको घोषणा गरेर देशमा मुठभेडको राजनीति गर्न खोजेको नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताएका छन्।

उनले माओवादीले चाहेजस्तो जनगणतन्त्रात्मक संविधान बन्ने सम्भावना नरहेको दाबी पनि गरे। 'माओवादीले संविधान निमाण गर्ने समयमा गणराज्य घोषणा गर्न भन्दै आन्दोलनको घोषणा गर्नाले जनतामा भ्रम फैलिएको छ,' नेपाल प्रेस युनियन सुनसरीद्वारा सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने- प्रतिस्पर्धात्मक राजनीतिमा आइसकेको पार्टीले एकातिर आन्दोलन घोषणा गर्नु र अर्कातर्फ शान्ति सम्झौता विपरीत कार्य गर्नु राजनीतिक बेइमानी हो।' उनले माओवादीले आन्दोलनलाई निरन्तरता दिएर अगाडि बढेमा देशमा खतरा हुने सङ्केत गर्दै सहमति र सहकार्यबाहेक अन्य विकल्प नभएको प्रष्ट पारे।



राजनीतिक गतिरोध अन्त्य गर्नका लागि संयन्त्र बनाउने चर्चा चलिरहेका बेला देउवाले संयन्त्रको खासै औचित्य नभएको बताए। 'संविधानसभा निर्वाचनपछि राजनीतिक संयन्त्र गठन गर्ने भनेकामा अहिलेसम्म मूर्त रुप पाएको छैन,' उनले भने- सबै राजनीतिक दलका साथीहरु एक ठाउँमा बसेर छलफल थलो चाँहि हुन्छ।'
संविधान निर्माण गर्नुअघि नै माओवादी लडाकु व्यवस्थापन तथा पुनर्स्थापन गरिसक्नुपर्नेमा जोड दिँदै उनले कङ्ग्रेस बहुदलीय प्रजातान्त्रिक व्यवस्था भएको संविधान निर्माण गर्न लागिपरेको प्रष्ट पारे। 'माओवादीले चाहेजस्तो लोकतान्त्रिक जनगणतन्त्रात्मक संविधान बन्ने सम्भावना छैन'- उनले भने।

No comments:

Post a Comment