Sunday, November 1

माओवादीको आन्दोलन होइन, बितण्डा होः ओली


१५ कात्तिक, सप्तरी । नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले सडकमा रोएर होईन सदनमा बहुमत सिद्ध गरेर सरकार बनाउन चुनौति दिनुभएको छ ।
सप्तरीको शम्भुनाथमा पत्रकारहरुसँग कुराकानी गदै माओवादीले गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै ओलीले यो आन्दोलन होईन बितण्डा मात्र हो । ठूला दलकै कारण देशमा गतिरोध पैदा भएको भन्ने प्रश्नमा ओलीले अरुदलले होईन माओवादीले बखेडा गरेको बताउनु भयो ।
एक अर्को प्रसंगमा ओलीले बिधिसम्मत तरिकाले बहुमत पुर्याए सरकार बनाउन माओवदीलाई आग्रह गर्नु भयो । राष्टिय सहमतिले मात्र समस्याको निकाश आउने भएकाले सहमति खोज्ने प्रयास भईरहेको ओलीले बताउनु भयो ।
विधान बनाउन ध्यान दिनुपर्ने बेलामा माओवादीले नागरिक सर्वोच्चताका लागि नभएर सत्ताका लागि गरेको आन्दोलनले समस्या उत्पन्न गरेको सबिधान नबने माओवादीर्क कारण नबन्ने आरोप लगाउनु भयो ।

No comments:

Post a Comment