झापा - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति या आन्दोलन दुईमध्ये एक माध्ययमबाट अब छिट्टै माआवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दावी गर्नुभएको छ ।
आज झापा आइपुग्नु भएका प्रचण्डले भद्रपुर विमानस्थलमा साचारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक गतिरोध अन्त्यका लागि वार्ता र आन्दोलन दुबैलाई जारी राख्ने बताउनुभयो । १२ बुँदे समझदारीको समिक्षा र नयाँ शीराबाट लेखाजोखा गर्दै सहमतिमा पुग्न वार्तालाई निरन्तरता दिइएको र वार्ता सहमतिको नजिक पुग्दै गएको पनि उहाँले खुलासा गर्नुभयो ।
आन्दोलनले वार्ताको वातावरण बिग्रदैन भन्ने साचारकर्मीको जिज्ञासामा प्रचण्डले भन्नुभयो "आन्दोलनले राजनितिक वातावरण सहज बनाउन दबाब सिर्जना गरेको छ वातावरण बिग्रदैन बरु छिट्टै निकास निकाल्छ ।"

No comments:
Post a Comment