
कार्यसमितिको मुख्य पदाधिकारीहरु प्रत्यक्ष निर्वाचनबाट आउने प्रावधानलाई समेटेर संशोधित विधानमा सहमति हुने भएको छ । चारदिनदेखि राजधानीमा जारी महासमिति बैठकमा पदाधिकारीसहित ७० प्रतिशत कार्यसमिति प्रत्यक्ष निर्वाचनबाट चुनिने ब्यवस्था गरिने भएको छ । कांग्रेसका बहुमत सदस्यले निर्वाचनबाट पदाधिकारी चुनिनुपर्ने बताउदै आएका छन् भने सभापति गिरिजाप्रसाद कोइराला र कार्यवाहक सभापति सुशील कोइराला भने सभापतिलाई बलियो बनाउनुपर्ने अडान राख्दै आएका थिए । सहमति नभएपछि दिनभर कांग्रेसका बरिष्ठ नेताहरुबीच छलफल भएको थियो ।
संशोधित विधानको प्रतिवेदन भने केन्द्रीय समितिबाटै पारित गर्ने बारेमा आंशिक सहमति भएको छ । केन्द्रीय समितिले महासमिति बैठकको भावनालाई समेटेर विधानलाई अन्तिम रुप दिइने प्रवक्ता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment