२०६६ मंसिर ६ - 'किस' ले तपाईंको मुड प्रभावित गर्ने क्षमता राख्छ । हालै गरिएको अनुसन्धान अनुसार पूर्ण आवेशमा गरिएको 'किस' ले एउटा खास किसिमको जटिल रसायनलाई मस्तिष्क तर्फ पठाउँछ । अनि व्यक्ति आफूलाई बढी उत्तेजित, खुसी अथवा सहज अनुभव गर्छन् । स्वस्थ चुम्बन स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक मानिन्छ ।अनुसन्धान अनुसार चुम्बनको समय हार्मोन मुखको माध्यमले एक अर्काको शरीरमा स्थानान्तरित हुन्छ र तत्काल असर गर्छ ।
चुम्बन वास्तवमा धेरै बढी जटिल शारीरिक प्रक्रिया हो र यो हार्मोनल परिवर्तनका लागि जिम्मेवारसमेत छ । अनुसन्धान अनुसार चुम्बनमा धेरै थोक घटित हुन्छ । यो अनुसन्धानपछि विशेषज्ञ अब के जान्न चाहन्छन् भने दुई ओठको स्पर्शले मात्र कसरी मस्तिष्कले यति ठूलो भावनात्मक प्रतिक्रिया (इमोसनल रेस्पोन्स) दिन्छ । यसैले चुम्बनबारे अब अनुसन्धान हार्मोनको स्तरमा भइरहेको छ । यसै सिलसिलामा १५ जोडामा 'आक्सिटोसिन' र 'कोर्टिसोल' हार्मोनको स्तर चुम्बनभन्दा अघि र पछि परीक्षण गरियो । परीक्षणमा पाइयो, चुम्बनपछि आक्सिटोसिनको स्तरमा वृद्घि भएको थियो । आक्सिटोसिनले व्यक्तिमा एक अर्काको नजिक आउने इच्छा उत्पन्न गर्छ । यस्तै सहभागीहरूमा तनाव उत्पन्न गर्ने हार्मोन 'कोर्टिसोल' को स्तर तल झरेको थियो । प्रेमको हार्मोन इष्र्याको हार्मोन आपसमा प्रेम हुनका लागि जिम्मेवार हार्मोन 'आक्सिटोसिन' ले नै जलन र बदलाको भावनालाई जगाउँछ । आक्सिटोसिन प्रेमको हार्मोन हो । अब कुनै व्यक्ति राम्रो मुडमा छ भने आक्सिटोसिनले उसमा राम्रो सामाजिक भावना जगाउँछ । तर यदि कोई खराब मुडमा छ भने आक्सिटोसिनले गैरसामाजिक भावना जगाउन थाल्छ ।इजरायलको हाइफा विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अनुसन्धानअनुसार प्रेमका लागि जिम्मेवार आक्सिटोसिन हार्मोन नै जलन र बदलाको भावनाका लागि समेत जिम्मेवार हुन्छ ।

No comments:
Post a Comment