Sunday, November 15

इन्धन खपत कम गर्न निगमको आग्रह

२०६६ कार्तिक २९ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।बीरगन्ज-रक्सौल सडक खण्डमा अत्यधिक सवारी चाप भएपछि भण्डारण क्षमतामा कमी आएको भन्दै निगमले इन्धनको प्रयोग कम गर्न आग्रह गरेको हो । भारतीय आयल निगमको रक्सौलस्थित जयपुर डिपोमा आगलागी भएपछि निगमले लोड/अनलोड एकतर्फीमात्र गरेको जनाएको छ । निगमले अहिले आफूसँग पाँचदिनका लागि मात्र इन्धन मौज्दात रहेको बताएको छ ।

यसैबीच, माओवादी निकट पेट्रोलियम मजदुरहरुको आन्दोलनका कारण पूर्वाञ्चलमा यातायात सञ्चालनमा समस्या भएको छ ।

अखिल नेपाल पेट्रोलियम मजदुर संघले बुधबारदेखि १७ बुँदे माग गर्दै पेट्रोलपम्प बन्द गरेका कारण इन्धन भर्न नपाएकाले यातायात सेवा प्रभावित भएको निगमले जनाएको छ ।

२ सय ४० दिन काम गरेका मजदुरलाई स्थायी गर्नु पर्ने लगायतका माग राख्दै संघले गरेको आन्दोलनका कारण पुर्वाञ्चलका ४ सय ५० भन्दा बढी पेट्रोलियम पदार्थ बिक्रीकेन्द्रहरु बन्द छन् ।

No comments: