Monday, November 9

थरुहट र कोचिला राज्य हटाउन मोर्चाको माग

२३ कात्तिक, बीरगन्ज । एकीकृत नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीले आत्मनिर्णय अधिकार सहितको स्वायत्त मधेश गणराज्यको स्थापना र राज्यका सबै निकायमा मधेशीको समानुपातिक प्रतिनिधित्वको कार्यदिशा पारित गरेको छ ।

वीरगंजको नगर सभागृहमा आइतवार देखि जारी सम्मेलनले पूर्वको झापा देखि पश्चिम कंचनपुर, उत्तरमा चुरे पहाड र दक्षिणमा भारतीय सिमासँग जोडिएको भूभागलाई स्वायत्त मधेशको रुपमा लिने निर्णय गरेको छ । मोर्चाको माउपार्टी नेकपा माओवादीले भने कपिलवस्तु देखि पूर्वमा सप्तरी सम्मको भूभागलाई मधेश मान्दै आएको छ । पार्टीको नीति भन्दा फरक ढंगले पश्चिमको थरुहट र पूर्वको कोचिला राज्यलाई हटाएर सिंगो मधेश गणराज्यको अवधारणा भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाले अगाडी सारेको हो । सम्मेलनले मधेशमा वोल्ने माध्यम भाषा जुनसुकै भएपनि मातृ भाषालाई मुख्य जोड दिनुपर्ने नीति पनि पारित गरेको छ ।

सरकारले मधेशमा लागु गरेको एकीकृत सुरक्षा नीतिले माओवादीलाई दवाउने रणनीति लिएको हुदा त्यसको विरुद्ध तत्काल शसक्त आन्दोलन सुरु गर्ने निर्णय समेत गरेको सम्मेलन आयोजक समितिका ासंयोजक सुर्यनाथ यादवले जानकारी दिनुभयो । सम्मेलनले आर्थिक उत्पादन सम्बन्धको क्रान्तिकारी परिर्वतनसँगै क्रान्तिकारी भूमि सुधार लागू गरी सामन्तको जमिन बिना मुआब्जा कब्जा गरी भूमिहीन, दलित र सुकुम्बासीलाई निःशुल्क वितरण गर्ने नीति पास गरेको छ ।

राजनीतिक प्रतिबेदन र बिधान मस्यौदा पारितसगै नयाँ नेतृत्व चयनकालागि भोलि विहान ७ वजे सम्मका लागि वन्द शत्र स्थगीत गरिएको छ । भोलि विहान अध्यक्ष मण्डलले नयाँ नेतृत्वको नाउँ सम्मेलनमा प्रस्तावित गरेपछि छलफल गरि टुंगो लगाइने संयोजक यादवले जानकारी दिनुभयो । मोर्चाको नेतृत्वको लागि वर्तमान अध्यक्ष कृष्णदेव सिंह , प्रभु साह, शिवचन्द्र कुशवाहा, रामरिझन यादव लगायतका नेताहरु प्रमुख दाबेदारका रुपमा देखिनु भएको छ । सम्मेलन थप एक दिनको लागि लम्विएको छ ।

No comments:

Post a Comment