Monday, November 16

माओवादीको तराई बन्द फिर्ता

१ मंसिर, बीरगन्ज । मातृका यादव नेतृत्वको नेकपा माओवादीले सोमबारदेखि गरेको अनिश्चितकालिन तराई बन्द साँझ फिर्ता लिएको छ ।

बाराको बरियारपुरमा लाग्ने गढीमाई मेलालाई ध्यानमा राखि तराई बन्दको कार्यक्रम फिर्ता लिएको माओवादीले जनाएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुखलाई कालोमोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेका कार्यकर्ताको रिहाईको माग गर्दै माओवादीले सोमबारदेखि तराईका जिल्लाहरुमा अनिश्चितकालिन बन्दको आहृवान गरेको थियो ।

माओवादीले आव्हान गरेकोे बन्दका कारण सोमबार पूर्वी तथा मध्य तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको थियो । बन्दका कारण पूर्वी तराईका जिल्लाहरुमा फाट्टफुट्ट मात्रै सार्वजनिक सवारीका साधनहरु चलेका थिए ।

No comments:

Post a Comment