Monday, November 16

बिरामी प्रधानमन्त्रीले दिए बालुवाटारमा भोज

१ मंसीर, काठमाण्डौ । भाइरल ज्वारोबाट थलिएर केहि दिनदेखि आराम गरिरहेका प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार साँझ सरकारी निबास वालुवाटारमा एमाले र कांग्रेसका नेताहरुलाई भोज दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार केही आरामको महसुस गरेका नेपालले कांग्रेस र एमालेका बरिष्ठ नेताहरुलाई संयुक्त भोज दिएका हुन् । भोजमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, लक्ष्मण घिमिरे, रामशरण महत लगायतका नेताको सहभागीता थियो ।

डिनर मिटिङमा एमालेका नेता केपी शर्मा ओली, अमृत बोहोरा, भरतमोहन अधिकारी, अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, गृहमन्त्री भीम रावल, संचारमन्त्री शंकर पोखरेल, युबराज ज्ञवाली लगायतको उपस्थीति थियो ।

सो अबसरमा नेताहरुले बहुमतका आधारमा बजेट पारित निर्णय गरेका छन् । बहुमतका आधारमा सदनमा बजेट पारित गर्ने र माओवादीको डटेर सामना गर्ने निर्णय गरेको बताइएको छ ।

भाइरल ज्वारोका कारण थलिएका प्रधानमन्त्री लामो समयदेखि ‘बेडरेष्ट’मा छन् ।

No comments:

Post a Comment