Sunday, November 15

'प्रधानमन्त्रीले राष्ट्रिय सहमति निर्माणको अवसर गुमाइसके'


धनगढी , २०६६ कार्तिक २९ - मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमति निर्माण गर्ने अवसर गुमाइसकेको बताएका छन् । उनले यथास्थितिमा फोरम सरकारमा नजाने उल्लेख गर्दै प्रमुख दलबीच सहमति कायम गरेर राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नयाँ सरकारको स्वरुपबारे चर्चा गर्दै सरकारको नेतृत्व गर्ने व्यक्ति दल बाहिरबाट समेत ल्याउन सकिने बताए ।

'सिनियर लिडरहरु राखेर मन्त्रिमण्डल बनाउनुपछर्', उनले भने, 'आलाकाचा र उदण्डहरुलाई दलले सरकारमा सिफारिस गर्नुहुदैन ।' सबै दलको माग र समस्याको सूचीमा व्यापक छलफल गरेपछि राष्ट्रिय सहमतिको आधार तय हुने धारणा राख्दै उनले जनमतको आधारमा शक्ति विभाजन र नेतृत्वको छिनोफानो हुनुपर्ने बताए । तर उनले भने, 'हरुवाहरु हैन, निर्वाचित व्यक्ति सरकारमा जानुपर्छ ।'

कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि धनगढी आएका यादवले बहुमत र अल्पमतमा सरकार बन्ने र ढल्ने अवस्था को अव अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।

फोरमसँग विगतमा भएका सहमति र सम्झौताका बिषयमा छलफल गर्न तयार मात्रै भएको जानकारी दिदै उनले सरकारमा जान फोरमले सम्झौता नगर्ने बताए ।

No comments: