Sunday, November 8

आन्दोलन नियन्त्रण गर्न सेना परिचालन हुन्नः शान्तिमन्त्री

२२ कात्तिक, काठमाडौं । शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङले माओवादी आन्दोलन नियन्त्रणका लागि सेना परिचालन नहुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आइतबार बोल्दै मन्त्री चेम्जोङले सरकार शान्ति सुरक्षा गर्न आवश्यक संयन्त्र परिचालन गर्न सक्षम भएपनि सेना परिचालन गर्ने छलफलसम्म पनि नपुगेको स्पष्ट पार्नुभयो । माओवादी आन्दोलन लामो समय नचल्ने भन्दै उहाँले सेना परिचालनको कुरा सम्म गर्नु नपर्ने बताउनुभयो । सरकारका मन्त्रीहरुबाट सेना परिचालनबारे आएका अभिव्यक्ति व्यक्तिगत विचार मात्र भएको चेम्जोङको जिकिर छ ।
मन्त्री चेम्जोङले संयुक्तराष्ट्रसंघको सुरक्षापरिषदमा दिएको प्रतिवेदनबारे अनमिन प्रमुख करिन ल्याण्डग्रेनसँग स्पष्टिकरण लिइने जानकारी दिनुभयो । ‘अनमिनले शान्ति प्रक्रियामा विभेदकारी ढंगले प्रतिवेदन बुझाएको छ,’ मन्त्री चेम्जोङले भन्नुभयो, ‘अनमिन प्रमुख आएपछि भेटेर त्यसबारे कुरा उठाइनेछ ।’

No comments:

Post a Comment