Sunday, November 8

समानान्तर सरकारको घोषणा गछौं: प्रकाश

२२ कात्तिक, चितवन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सत्ताधारी दलहरुले आफ्ना मागहरु प्रति गम्भिरता नदेखाए समानान्तर सरकारको घोषणा गर्ने बताउनुभएको छ ।
स्वायत्त राज्य घोषणको कार्यक्रम फिर्ता लिनु विदेशी शक्तिको दबाब नभएको बताउँदै अपाध्यक्ष प्रकाशले आवश्यक परे माओवादी समानान्तर सरकार गठन गरेरै अगाडी बढ्ने बताउनुभयो । माओवादीको जारी आन्दोलन नागरिक सर्वोच्चता स्थापनाका लागि भएको बताउँदै नेता प्रकाशले यसमा कसैको घुसपैठ भए त्यसको जिम्मेवार सोही तत्व हुने बताउनुभयो । प्रतिक्रान्ति शक्तिलाई परास्त गरेर मात्र अगाडी बढ्नका लागी सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रीत गर्नुपर्ने प्रकाशले बताउनुभयो ।
चितवनको रामपुर क्याम्पसमा आयोजित एक कार्यक्रममा सहभागी हुन आउनु भएका उपाध्यक्ष प्रकाशले माओवादी जनताको बहुमतमा रहेकाले आफ्नो शक्तिले कहिल्यै घुडा टेक्न नपर्ने बताउनुभयो । सरकारको कृयाकलापले राष्ट्रसंघ पनि दुखी भएको बताउँदै उहाँले बान की मुनको आग्रहलाई असंबैधानिक भन्नु सरकारको मुर्खता भएको बताउनुभयो ।

No comments:

Post a Comment