Wednesday, November 18

साझा संकल्प प्रस्ताव तयार गर्न थप प्रयास जारी राख्ने निर्णय

वार्ता जारी:
राजनीतिक गतिरोध अन्त्यका सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयमा छलफल गर्दै एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका उच्च नेताहरु।
साझा संकल्प प्रस्ताव तयार गर्न थप प्रयास गर्ने निर्णय गर्दै सत्तापक्ष र प्रमुख प्रतिपक्षले जसरी पनि बजेट परित गराई छाड्ने र गर्नै नदिने आआफ्नो अडानले निम्त्याउने सम्भावित भिडन्त केही दिनका लागि टारेकाछन्।
प्रधानमन्त्री कार्यालयमा भएको तीन दलको बैठकले ती दलहरूको कार्यदललाई सहमतिको खाका तयार गर्ने जिम्मा दिएर सहमतिको प्रयास जारी राख्ने निर्णय गरेका छन्।

त्यससंगै बजेट परित गराई छाड्ने सत्तापक्ष र त्यसो गर्नै नदिने माओवादीको अडानले निम्त्याउने सम्भावित भिडन्त केही दिनपछि धकेलिए जस्तो देखिन्छ।

बैठकमा प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादी र सत्ताधारी नेपाली कांग्रेस तथा नेकपा एमालेका बरिष्ठ नेताहरु उपस्थित थिए।

लचिलो

बैठकमा सत्तापक्ष केही लचिलो देखिएको बताउँदै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश भन्छन्, �केही दिन यता बजेट पारित गर्ने उपायबारे मात्र कुरा गरौं भन्दै आउनुभएका सत्ताधारी दलहरुले संकल्प प्रस्तावबारे थप प्रयास गर्न तयार हुनु भएको छ।�

बैठकका अर्का सहभागी एमालेका सचिव युवराज ज्ञवाली पनि साझा संकल्प प्रस्तावमा प्रगति हुन सक्ने सम्भावना देखिएको बताएका छन्।

उनले भने, �बैठकमा अरु धेरै कुराहरु पनि आएका थिए। तर सहमतिको संकल्प प्रस्ताव बनाउन प्रयास गर्ने निधो गर्‍यौँ।�

तर उनले माओवादीले माग गरे जस्तो सेनापति थमौति गर्ने राष्ट्रपतिको कदमलाई गलत नमान्ने अडानबाट आफूहरु पछि नहटेको बताए।

ज्ञवालीले भने, �देशको अवस्था निकै गम्भीर भैसकेकाले सहमतिका निम्ति सबै पक्ष लचिलो भई बीचको बाटो निकाल्नु पर्छ।�

संकेत

कार्यदलले पेश गर्ने सहमतिको खाका बिहीवार तीन दलका बरिष्ठ नेताहरुको बैठकमा छलफल हुनेछ।

उक्त छलफल नटुंगिए अर्को आन्दोलनको निम्ति शुक्रवारसम्म दिएको हदम्याद लम्ब्याउन सक्ने संकेत माओवादीले दिएको छ।

माओवादी नेता प्रकाशले भने, �सहमति हुने विश्वासको सम्पूर्ण आधार देखा पर्‍यो भने केही दिन पर्खिन सक्छौँ ।�

साझा संकल्प प्रस्ताव तयार गर्न यसअघि असफल भइसकेको सो कार्यदलले यस पटक सहमतिको विन्दू फेला पारिहाल्ने विश्वासिलो आधार देखिएको छैन।

No comments:

Post a Comment