Monday, November 16

राष्ट्रपतिको कदमलाई त्रुटिपूर्ण भन्नुपर्ने माओवादी अडान

१ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमालेले गतिरोध अन्त्यको उपाय खोज्न सोमबार नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीसँग छलफल गरेको छ ।

साँझ एमाले संसदीय दलको कार्यालयमा एकीकृत नेकपा माओबादीसँग भएको छलफलमा एमालेले लचिलो हुन आग्रह गरेको एमाले युवराज ज्ञवालीले जानकारी दिनुभयो । राष्ट्रपतिको कदमलाई त्रुटिपूर्ण भनेमात्र सहमति हुन सक्ने माओवादीले अडान दोहोर्‍याएको छ । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताधारी दलहरु केही लचिलो भए सहमति हुन सक्ने बताउनुभयो ।

बैठकमा एमालेले राष्ट्रपतिको कदमकाबारेमा नेपाली कांग्रेस र स्वयम् राष्ट्रपति डा. रामवरण यादवसँग बसेर सहमतिमा पुग्नुपर्ने बताएको एमाले सचिव ज्ञवालीले जानकारी दिनुभयो । माओवादीसँगको छलफल लगत्तै एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पनि छलफल गरेको छ ।

सत्ताधारी दलमध्ये ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुबीच आइतबार साँझ एमाले नेता केपी शर्मा ओलीको निवासमा बसेको बैठकले राजनीतिक गतिरोध हटाउन छलफललाई सक्रियतापूर्वक अगाडी बढाउने निर्णय गरेको थियो । तर सहमतिका लागि कुनै नयाँ प्रस्ताव भने तयार हुन सकेको छैन ।
माओवादीले मंसिर ५ भित्र सहमति नभए तेस्रो चरणको आन्दोलन गर्ने बताएपछि दलहरुबीच छलफलको क्रम तीब्र भएको छ ।

No comments:

Post a Comment