Sunday, November 15

त्रिविद्वारा दसगुणा शुल्क वृद्धि

त्रिभुबन विश्वविद्यालयले मातहतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा प्रवेश र मासिक शुल्कमा दसगुणा वृद्धि गरेको छ । हाल लिइरहेको शुल्कले निजी विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्ष निकाल्दै विश्वविद्यालय प्राज्ञिक परिषदले सो निर्णय गरेको हो । त्रिविले शुल्क वृद्धि गरेको १८ वर्ष पछि यो पहिलो हो ।

त्रिविले लागू गरेको नयाँ शुल्कअनुसार स्नातक तहमा प्रवेशवापत पाँच सय रुपैयाँ, मासिक पाँच सय र पुस्तकालय शुल्कवापत एकसय पचास रुपैयाँ तिर्नुपर्ने छ । स्नातक अध्ययन गर्नेहरुले अब वार्षिक ६ हजार पाँच सय ५० रुपैयाँ तिर्नुपर्ने छ । त्रिविले हाल प्रवेश शुल्क ५०, मासिक शुल्क ६० रुपैयाँ लिँदै आएको छ । त्यसैगरी स्नातकोत्तर तहमा प्रवेशबापत पाँच सय, मासिक सात सय र पुस्तकालय शुल्कबापत दुई सय रुपैयाँ पुगेको छ । स्नातकोत्तर अध्ययन गर्नेले अब बार्षिक १० हजार तीन सय रुपैयाँ तिर्नुपर्ने छ ।

स्नातकोत्तर तहमा हाल ५० रुपैयाँ प्रवेश शुल्क, मासिक ६१ रुपैयाँ र पुस्तकालयवापत ७५ रुपैयाँ शुल्क छ । आगामी शैक्षिक सत्रदेखि विस्थापन गरिने हुनाले प्रमाणपत्र तहको शुल्क भने त्रिविले तय गरेको छैन ।

No comments:

Post a Comment