Monday, November 23

दाईजो लिने केटालाई kick out गरौ


- दाईजो खाटमा लाज पचाएर सुत्नेलाई खाट बाट घचाडी दिए कस्तो होला?- छोरी पनि लिने दाईजो पनि लिने? दुबै हातमा लड्डु? ल हेर कस्तो नामर्दहरु?- विवाह पछी दुलही ले त नयाँ साथी पाउछिन, कमाउन, मोज गर्न जिन्दगी बाँकी हुन्छ तर बुदेशकाल लागेका बाउ आमालाई खै के त?- बाबु आमाले मात्रै छोरीको सोच्नु पर्छ भन्ने छैन, छोरीले पनि बाउ आमाको सोच्नु पर्‍यो नि त?-
खाली छोरीले लिने मात्रै, दिने कहिले त?- अब बाबु आमाले छोरी ज्वाँई लाई दिने होइन छोरी ज्वाँईले चाँही बुढा बा-आमा लाई दिन पर्छ , परी आएको बेला हेरचार गर्न पर्छ।- तपाईंले भुलबश वा परिबन्धमा परेर दाईजो लिनु भयो होला तर तपाईंले त्यस्को साटो के सेवा गर्न सकिन्छ सोच्नु होला।
असारमा धेरै जनाको लगन गाठो बाधिदै होला। हरेकको जीवनमा यो सबै भन्दा महत्वपूर्ण क्षण हो। मेरो एकजना बहिनीको साथी पनि विवाह यही असारमा छ । उनी ईन्जिनियर हुन र उनको विवाह हुन लागेको केटा पनि ईन्जिनियर नै हुन रे। उनको विवाह भन्दा एक महिना अगाडिनै सबै दाईजोले घर भरी भराउ पारी दिए रे। दुलही आउनु अगाडि दाईजो पाएका ज्वाँई त पक्कै मख्ख परे होलान, दुलही सुम्सुमाउनु अघी दाईजो सुम्सुमाउन पाएकाले खुशीको सिमै नहोला तर मेरो नजरमा ति ज्वाँई सधैं तल नै भए।
जती सुकै केटी पक्षका धनी नै किन नहोस आफ्नो गक्ष अनुसार दिदा गार्हो नै हुन्छ। यहाँ दिने भन्दा पनि नराम्रो चलनको उन्मुलन गर्ने कुरा आउछ । आफ्नो मात्रै होइन पुरै समाजको सोच्न पर्छ। धेरै दाईजो लिएर वा दिएर ठुलो मान्छे हुने होइन समाजमा राम्रो काम गरेर ठुलो भैइन्छ भनेर बुझ्न पर्छ। अहिले त विवाह अगाडि केटा र केटी पक्कै भेट हुन्छ पहिले नै केटाले म कुनै पनि किसिमको दाईजो लिन्न र दाईजो लिने भए म विवाह गर्दिन भन्यो भने वाह!! वाह!! कुन चाँही केटीका बुवा आमा दङ्ग नहोलान र?
केटीले पनि प्रस्टै मुख फोर्न पर्‍यो म विवाह गरेर आउँदा दाईजो ल्याउदिन भनेर, यदि यसोभन्दाअधेरो मुख लगाए भने तेस्ता केटाहरुलाई kick out गर्नै बेश।तेस्ता हुतिहाराको फेरी अनुहार नहेर्नु नै बेश।तेस्ता सँग बिहा गर्न भन्दा बुढी कन्या बस्नै बेश।

No comments:

Post a Comment