Thursday, November 26

हीरोईनका चीसीएका सम्बंध



एउटै क्षेत्रमा काम गर्ने कतिपय नायिका एकले अर्कालाई दुस्मन ठान्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही छ । एकले अर्काको ईश्र्या गर्ने तथा कुरा काट्ने बानीले गर्दा नेपाली फिल्मका कतिपय नायिकाबीच बोलचाल बन्द छ ।
केही समय अघिदेखि नायिका रेखा थापा र ऋचा घिमिरेको बोलचाल बन्द छ । पहिले रेखा र ऋचा खुब मिल्थे । दुवैजना गौरीघाटमा नजिक-नजिक बस्ने तथा दुवैको आनीबानी उस्तै हुनाले 'जिक्री दोस्त' बनेका थिए । रेखाको सिफारिसमा ऋचाले केही फिल्ममा अभिनय गर्ने मौका पाएकी थिइन् । त्यतिबेलादेखि उनीहरूको सम्बन्धमा दरार आयो, जब ऋचाले रेखालाई गन्न छाडिन् । 'त्यो रेखाभन्दा म केमा कम छु' भन्ने अहम् बढेपछि उनीहरूको सम्बन्ध चिसिन पुगेको हो । अहिले उनीहरू सार्वजनिक समारोहमा भेट हुँदा बोल्दैनन् ।
ऋचाले रेखाको डाह गर्नाले उनीहरूको मित्रतामा धमिरा लागेको फिल्मकर्मीको कथन छ ।
एकताका रेजिना उप्रेती र रञ्जना शर्मा निकै मिल्ने साथी थिए । उनीहरू सधैँ सँगै हुन्थे । दुवैको बानीबेहोरा र रुचि एउटै भएकाले उनीहरूको मित्रता गाँसिएको थियो । एकपटक इन्डिया प्रवासी नेपालीले एउटा फिल्म निर्माण गर्ने भए । जसको नायिकाका लागि रेजिना र रञ्जनालाई छनोट गरी ती निर्माताले दिल्लीसमेत पुर्‍याए । दिल्लीमा रेजिना र रञ्जनाले अत्यधिक मदिरा सेवन गरी एक-अर्कालाई बोतलसम्म हान्न पुगे । जसकारण ती निर्माताले रेजिना र रञ्जनालाई जनही २५ हजार रुपैयाँ दिएर नेपाल फितर्ा पठाइदिए । दिल्लीमा चिसिएको सम्बन्ध काठमाडांैमा अझ बिगि्रयो । रञ्जनाले सञ्चारमाध्यममार्फत सार्वजनिक रूपमै रेजिना आफूलाई सबैभन्दा मन नपर्ने हिरोइनको भएको बताएपछि सुरु भयो उनीहरूको दुस्मनी । घरका निर्देशक सोभित बस्नेतले कन्यादान फिल्ममा रञ्जनालाई हिरोइन लिएपछि त रेजिनालाई अरू के चाहियो ? दुस्मनी अझ बढ्यो । उनीहरूको सम्बन्धमा दरार आउनुमा अन्य कारण पनि भएको फिल्मकर्मीको बुझाइ छ । अचेल पनि उनीहरू एकले अर्कालाई देखिसहँदैनन् ।
नायिका झरना थापा र रेजिना उप्रेतीको सम्बन्ध सात वर्ष अघिदेखि नै राम्रो थिएन । केही अघि मध्यरातमा झरनाले रेजिनालाई आफ्नो पति सुनीलकुमार थापासँग आफ्नै घरअगाडि भेटेपछि दुस्मनीको पराकाष्टा नाघ्यो । त्यस रात झरनाले रेजिनालाई जगल्ट्याएको खबर आएको थियो । अहिले झरना रेजिनालाई देखिसहन्नन् । रेजिना पनि झरना भनेपछि नाक खुम्च्याउँछिन् । फेरि कुरा रेजिनाकै । उनी र रेखा थापाको सम्बन्ध पनि केही अघिदेखि निकै बिगि्रएको छ । झरनासँग मिलेर रेखाले आफ्नो कुरा काटेको भन्दै रेजिनाले रेखाका पति छवि ओझासँग गुनासो पोखेपछि उनीहरूको सम्बन्ध अझ खराब हुन पुगेको हो । केही अघिसम्म रेखा र रेजिना पनि एकदमै मिल्थे । रेखाले रेजिनाको निकै तारिफ गर्ने गर्थिन् । अहिले भने उनीहरूबीच पनि बोलचाल बन्द छ ।
शोभित बस्नेतको चिनो फिल्ममा सँगै अभिनय गर्दाताका रेजिना र सुनिता गन्धर्वको सम्बन्ध निकै चिसिएको थियो । कन्यादानमा जब शोभितले रेजिना र सुनिता दुवैलाई छाडेर रञ्जना शर्मालाई हिरोइन लिए, त्यसपछि भने सुनिता र रेजिना 'जिक्री' भए । तर, अहिले शोभितले राज फिल्ममा पुनः रेजिनालाई लिएपछि भने सुनिता र रेजिनाबीचको मित्रतामा तुवाँलो छाएको छ ।

अचेल नायिका रेखाको सबैभन्दा मिल्ने साथी बनेकी छिन् निर्माता क्रिशा चौलागाईं । उनीहरू हरदम सँगै हुन्छन् । रेखाकै सिफारिसमा क्रिशाले निर्माण गरेको कसम हजुरको फिल्ममा ऋचाले पनि अभिनय गर्ने मौका पाइन् । सुटिङ सुरु भएको केही दिनमै ऋचा र रेखाको सम्बन्ध बिगि्रयो । रेखासँग मनमुटाव भएपछि ऋचा क्रिशासँग पनि बोल्न छाडिन् । क्रिशासँग बोलचाल बन्द भएपछि कसम हजुरकोको डबिङ गराउनका लागि क्रिशाले ऋचाका अनेक नखरा झेल्नुपरेको चर्चाले फिल्मबजार तातेको छ ।

No comments:

Post a Comment