Monday, November 2

अन्धो प्रेम




प्रेम अन्धो हुन्छ, यसको कुनै जात हुदैन । प्रेममा परेपछि मानिसले अघिपछि केही पनि देख्दैन । चाहे उच्च जातको होस या तल्लो जातको, प्रेमले यी सबै कुरालाई विर्सन्छ र प्रेम प्राप्तिका लागि संघर्ष गर्छ । अझ हाम्रो जस्तो बहुभाषिक, बहुधार्मीक र बहु सांस्कृतिक विविधताले भरिएको देशमा अन्तरजातीय विवाह गर्न निकै संघर्ष गर्नुपर्छ । नेपाली समाजमा यस्ता धेरै घटनाहरु पनि छन जो कथित वर्ग, जातभातलाई कुनै वास्ता नगरि अगाडि पनि बढेका छन । आˆनो जातभन्दा मूनिको भए दमन गर्ने र आˆनै जातले बिगारे उसलाई सामाजिक बहिष्कार गर्ने परम्परा नेपाली समाजमा अझै पाइन्छ । तर परिवर्तित समयले यो भेदभावलाई क्रमिक रुपमा अन्त्य गर्दै पनि लगेको छ । राजनीतिक क्षेत्रमा अन्तरजातीय विवाह जति सहज छ, अन्य क्षेत्रमा सोचे जति सहज भने छैन । सबै क्षेत्रमा अन्तरजातीय विवाहले प्रश्रय पाएका भने छैनन् ।
नेपाली चलचित्र क्षेत्रमा भने उल्लेखीय मात्रामा अन्तरजातीय विवाह भएको पाइन्छ । यहाँ कसैको विवाह सफल भएको छ भने कसैको असफल । नेपाली सिनेमामा अन्तरजातीय विवाहको प्रंसग उठाउदा रङकर्मी हरिहर शर्मा र शकुन्तला गुरुङको नाम अग्रस्थानमा आउँछ । खाँटी बाहुन परिवारका शर्मा र गुरुङ समुदायकी शकुन्तलाको प्रेमविवाह नै हो । एउटै क्षेत्रका दुईबीच प्रेम झाङएिपछि विवाह भएको हो । घरपरिवारसित विद्रोह गरेर शर्माले विवाह गरेका हुन । उनका बाबुले जात नमिल्ने भनि बुहारीलाई भित्राउन समेत मानेनन् । त्यसैगरि डि.वी लामाकी बहिनी बसुन्धरा भुषालले पनि भुषाल थर विवाहपछि नै पाएकी हुन । भारतीय सिनेमाकी ख्यातीप्राप्त नेपाली नायिका माला सिन्हाको पनि अन्तर जातीय विवाह नै हो । तल्लो जातकी भनिएकी उनले अभिनेता सि.पी लोहनीसित प्रेमविवाह गरेकी थिइन । त्यसो त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले पनि बाहुनलाई ससुराली बनाई अन्तरजातीय विवाह गरेका हुन । नेपाली चलचित्र क्षेत्रमा भने उल्लेखीय मात्रामा अन्तरजातीय विवाह भएको पाइन्छ । यहाँ कसैको विवाह सफल भएको छ भने कसैको असफल । नेपाली सिनेमामा अन्तरजातीय विवाहको प्रंसग उठाउदा रङकर्मी हरिहर शर्मा र शकुन्तला गुरुङको नाम अग्रस्थानमा आउँछ । खाँटी बाहुन परिवारका शर्मा र गुरुङ समुदायकी शकुन्तलाको प्रेमविवाह नै हो । एउटै क्षेत्रका दुईबीच प्रेम झाङएिपछि विवाह भएको हो । घरपरिवारसित विद्रोह गरेर शर्माले विवाह गरेका हुन । उनका बाबुले जात नमिल्ने भनि बुहारीलाई भित्राउन समेत मानेनन् । त्यसैगरि डि.वी लामाकी बहिनी बसुन्धरा भुषालले पनि भुषाल थर विवाहपछि नै पाएकी हुन । भारतीय सिनेमाकी ख्यातीप्राप्त नेपाली नायिका माला सिन्हाको पनि अन्तर जातीय विवाह नै हो । तल्लो जातकी भनिएकी उनले अभिनेता सि.पी लोहनीसित प्रेमविवाह गरेकी थिइन । त्यसो त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले पनि बाहुनलाई ससुराली बनाई अन्तरजातीय विवाह गरेका हुन ।
अन्तरजातीय विवाहको यो श्रंृखला लामो नै छ । एउटै क्षेत्रमा काम गर्ने भएपछि दिनहुँको निकटताले उनीहरुबीच मायापि्रती बस्ने र विवाह हुने गरेको चलचित्रकर्मीहरु बताउछन् । अन्तरजातीय विवाहको विगतलाई हेर्दा गायक उदित नारायण झा र दीपा गजमेर झाको सम्वन्धलाई उदाहरणको रुपमा लिने गरिन्छ । मधेशी मुलका बाहुन झा र दीपाले एक अर्कालाई मन पराएर नै विवाह गरेका थिए । नायिका करिश्मा के.सीले चलचित्र कस्तुरीको छायाँकनका क्रममा निर्माता विनोद मानन्धरलाई राखेको प्रेमप्रस्ताव विवाहमा टुंगिएको थियो । हाल यी दुईबीच त्यति राम्रो सम्बन्ध छैन ।
बाहुन जातकी सँचिता लुँइटेलले घरपरिवारसँग विद्रोह गरी आकाश साहसँग अन्तरजातीय विवाह गरेकी थिइन तर महत्वाकाँक्षी साहका कारण दुवैले सहमतीमा सम्बन्ध विच्छेद गरेका छन । वास्तवीक नाम राधा परियार भएकी नायिका पुजा चन्दले फोटोग्राफर सुरज चन्दसित अन्तरजातीय विवाह गरेकी हुन । टेलिभिजन प्रस्तोता ऋचा शर्मासँग लागेको आरोपमा श्रीमान सुरजलाई जेलको बाटो देखाएकी पुजा अहिले अमेरिका पलायन भएकी छिन । दुवै औपचारिक रुपमा अलग भईसकेका छन । नायक शिव श्रेष्ठले पचास वर्षको बुढ्यौली उमेरमा छोरी सरहकी २० वषिर्या खड्का थरकी युवतीसित अन्तरजातीय विवाह गरेका थिए । अन्तरजातीय विवाह गर्नेमा नायिका जल शाह पनि पर्छिन । अमेरिकामा बस्ने बाहुन जातका शरद रिमालसँग अन्तरजातीय मागि विवाह गरी शाह अमेरिका भासिएकी थिइन । प्रेम र विवाहका लागि केवल मन,मस्तिष्क मिले पुग्छ । त्यसैले नै नायिका कृति भट्टराईले रवी श्रेष्ठसँग विवाह गरिन भने गायिका नलिना चित्रकारले संजीव मिश्रसित । बाहुन थरकी कृति विवाहपछि कुनै पनि चलचित्रमा देखिएकी छैनन् । काठमाडौैंकी नेवार जातकी नलिना जनकपुरका व्यापारिक घरानियाका मिश्रसँग विवाह गरेपछि सांगीतिक क्षेत्रमा सक्रिय नै छिन । मन बसेर नै होला पप गायक दीपेश किशोर भट्टराईले चन्द्रा लामासित विवाह गरे भने धिरज राईले पनि डोल्मा तामाङसित विवाह गरे ।
यसैगरी नायक दिनेश शर्माले सोनिया मल्ल र रजनी महर्जन,गायक रामकृष्ण ढकालले निलम शाह, संगीतकार कन्हैया सिंहले अन्जना गुरुग, विपना थापाले भारतीय नागरिक, सारँगाले अमेरिकन नागरिकसँग अन्तरजातीय विवाह गरेका छन । नाकिया झरना बज्राचार्यले बेलायती पुरुषसँग विहे गर्ने पक्का भएको छ । अन्तरजातीय विवाह गर्नेहरुमा निर्देशक नारायण पुरी ,नायक रमेश उप्रेती, रेखा थापा आदि आदि रहेका छन । पछिल्लो समयमा काठमाडौंकी नेवार समुदायकी मेलिना मानन्धरले बाहुन जातका मुकेश ढकालसँग अन्तरजातीय विवाह गरेकी छिन । विवाहित फोटोग्राफर राजिव श्रेष्ठसँगको प्रेमप्रसँगका कारण सदैव चर्चामा आउने मेलिनाले जापानबाट फर्केका र चलचित्रमा सामान्य भुमिकामा देखिने ढकाललाई जीवनसाथीको रुपमा रोजेकी हुन ।

No comments:

Post a Comment