कार्यालय खुल्ने समयमै पञ्चेबाजा बजाउदै नाचगान सुरु भएपछि बुधबार धेरैको पाइला जिबिस गेटतर्फ लम्कियो। नाचगान र बाजा बजाएको बिषयबारे जानकारी नपाएकाहरु एकआपसमा गन्थन गर्दै थिए- 'आज यहा कुन हाकिमको स्वागत अथवा बिदाई रहेछ?' कोही सोध्दै थिए- 'आज यहा केको बिजय उत्सब हो?' धेरैले एक साताअघि सरुवा भएर गएका प्रजिअ जनकराज दाहालपछि आएका नया प्रजिअको स्वागत होकी भन्ने अड्कल बाजी समेत लगाए। गाउगाउबाट जिल्ला बिकास समिति तथा जिल्ला प्रशासनमा काम लिएर आएका सर्बसाधारण गुनासो गर्दै थिए-. 'ज-जस्को स्वागत तथा बिदाई भएपनि गेटनै छेकेर किन नाचगान गरेको होला?' नाचगानसंगै बाजा बजेपछि हेर्न आएका धेरैका आ-आफ्नै अड्कलबाजी भएपनि कार्यक्रम थियो एकिकृत माओबादीको चौथो दिनको आन्दोलन। कार्यालय खुल्नै लाग्दा अथवा बिहान १० बज्न १५ मिनेट बाकी छदा एकिकृत माओबादी पर्वतका नेता तथा कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति, जिल्ला अदालत तथा जिल्ला बाल कल्याण समिति कार्यालयको एउटै मात्र प्रबेशद्धारमा बाजा, नाचगानसहित घोषित चौथो दिनको आन्दोलन सुरु गरेका हुन। आन्दोलन र बिरोध भनेपछि सधै लाठी, मुंग्रासहित उश्रृङ्खल रुपमा प्रस्तुत हुने एकिकृत नेकपा माओबादीका कार्यकर्ता बुधबार भने आन्दोलन शान्तिपुर्ण भन्दै नाचगानतर्फै जोड दिएका थिए। उनीहरु नाचगानकै बिचमा कति बेला नारा लगाउथिए त कतिबेला कबिता, चुटकिला सुनाउन अगाडी बढ्ने गर्थे। सभाषद गुणाखर बस्याल, पार्टीका जिल्ला इन्चार्ज नेत्र अधिकारीसहित भातृ तथा बिभिन्न जनबर्गिय संगठनका कार्यकर्ताको ब्यापक रुपमा सहभागिता रहेको बिरोध कार्यक्रम हेर्नका लागि सदरमुकाम कुस्माबजारबासी तथा अन्य राजनीतिक पार्टीका कार्यकर्ता समेत घाटी तानीतानी कार्यक्रम स्थल पुगेका थिए। 'हामी अब पहिले जस्ता बिरोधलाई परिमार्जन गर्नुपर्छ भनेर आन्दोलनको फरक रुप अपनाएका हौ' सभाषद गुणाखर बस्यालले भने- 'हाम्रो आन्दोलन शान्तिपुर्ण र अनुशासित हुन्छ।'उता माओबादीले गेट नै बन्द गरी धर्ना तथा नाचगान सुरु गरेपछि जिल्ला ग्रामिण भेकबाट जिल्ला प्रशासन, जिबिस र अदालतमा काम लिएर आएका सर्बसाधारण काम गर्नबाट बञ्चित भए। माओबादी अबरोधले कर्मचारी समेत ती कार्यालयमा हाजिर हुन समेत पाएनन। माओबादी कार्यकर्ताले पुर्याएको अबरोधले केही समय जिल्ला न्यायाधिश रमेश खत्री रोकिएका थिए। तर न्यायाधिशलाई नरोक्ने भनेपछि उनलाई कार्यालय प्रबेश गर्न दिइएको थियो। माओबादी अबरोधलाई छिचोलेर सुरक्षा निकायका अधिकृत समेत प्रशासन तथा जिबिसमा प्रबेश गर्न सकेनन्। माओबादी कार्यकर्ताले आन्दोलनको उल्लंघन नगर्नु भन्दै फर्काएका थिए।
No comments:
Post a Comment