Tuesday, November 3

भोजपछिको भनाइ: हल्यान्डका पदयात्री एलिजा वुफलाई मंगलबार मनाङबाट उद्वार गरी राजधानी ल्याइदैं। उच्च हिमाली क्षेत्रमा गरिने उद्वारका लागि फिसटेल एयरले आधुनिक इक्युरेल हेलिकोप्टर नेपाल भित्र्याएको छ।
प्रमुख प्रतिपक्षी माओवादीले आउंदो कार्तिक २४ गतेका लागि घोषणा गरेको विमानस्थल बन्द कार्यक्रम फिर्ता लिएको छ। माओवादीले देशभर आन्दोलन चर्काइरहेको बेला युरोपेली संघ, रुस, संयुक्त राज्य अमेरिका लगायतका राजदूतहरुले मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी माओवादीको आन्दोलनले मूठभेड बढाउन सक्ने बताउँदै गम्भीर चिन्ता व्यक्त गरे पछि माओवादीको त्यस्तो निर्णय आएको हो। ...Read More »
राष्ट्रिय समाचार
माओवादी आन्दोलनको समीक्षा गर्दै सुरक्षा अंगलाई हाइएलर्टमा रहन निर्देशन
प्रधानमन्त्री माधवकुमार नेपालले आकस्मिक रुपमा चार वटै सुरक्षा अंगका प्रमुखलाई मन्त्रिपरिषद बैठकमा बोलाएका छन्। मन्त्रिमण्डलका राज्य र सहायक मन्त्रीहरुलाई समेत बोलाइएको बैठकले माओवादी आन्दोलनको समीक्षा गर्दै सेना सहित सबै सुरक्षा अंगलाई 'हाइएलर्ट'मा रहन निर्देशन दिएको छ। More »
एमाले र माओवादीबीच झडपको सम्भावना बढेपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यु
नेकपा एमाले र एकीकृत माओवादीका कार्यकर्ताबीच झडपको सम्भावना बढेपछि स्थानीय प्रशासनले धनकुटा बजारमा मंगलबार अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनले माइकिङ गरी धनकुटा बजारको पूर्वमा आत्मारा, पश्चिममा बिहीबारे, उत्तरमा स्कुलडाँडा र दक्षिणमा घुमाउने चौतारासम्मको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो। More »
राजनीतिक गतिरोध जारी रहेकै बेला एमाले अध्यक्ष झलनाथ खनाल भारत भ्रमणमा
देशभित्र राजनीतिक संकट गहिरिएको बेला एउटा ठूलो दलका शीर्षस्थ नेता अरु दुई ठूला दलका आफ्ना समकक्षीहरुसँग कुराकानी गरे लगत्तै परामर्शका लागि छिमेकी देश भारत गएका छन्। गठबन्धन सरकारको नेतृत्व गरेको एमालेका अध्यक्ष झलनाथ खनाल सरकारको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति र मुख्य प्रतिपक्षी दल माओवादीका अध्यक्षसँग कुराकानी गरेपछि भारतीय नेताहरुसँग कुरा गर्न मंगलबार दिल्ली प्रस्थान गरेका हुन्। More »
सरकारले विपक्षी पार्टी मधेसी जनअधिकार फोरमलाई वार्तामा आउन आह्वान
सरकारले विपक्षी पार्टी मधेसी जनअधिकार फोरमलाई वार्तामा आउन मंगलबार आह्वान गरेको छ फोरमले आफ्नो दलसँग भएको २२ बुँदे र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकारले गरेको ८ बुँदे सहमति तुरुन्त कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिंदै ज्ञापनपत्र दिएको दुई दिनपछि नै सरकारले वार्तामा आउन आह्वान गरेको हो। More »

No comments:

Post a Comment