
चाहे हलिउड होस या बलिउड अंगप्रर्दशन पहिलो सर्त बनिसकेको छ । हलिउडका स्टार एन्जेलिना जोली होस या जुलिया रोवटर्स सबैले आफ्नो कामुकता दर्शकसामु पस्कि सकेका छन । बलिउडका स्थापित नायिकाहरु पि्रयंका चोपडा, करिना कपुर, कैटरिना कैफ सबै नायिकाहरुलाई चुम्बन र उतेजक दृश्य दिनु सामान्य भईसकेको छ । यी सबै नायिकाहरुबीच को बढी कामुक भन्ने प्रतिस्पर्धा नै चलेको छ । कुनै समय यस्तो थियो, जब नायिकाको शरीरको कुनै पनि भाग देखिंदैन थियो । उनीहरुको सम्पुर्ण भाग पहिरनले छोपिएको हुन्थ्यो । चुम्बन र वेडसिन दिने कुरा त कल्पना समेत गरिन्नथ्यो । बदलिदो परिवेशसँगै नायिकाहरु टु पीस, टंङ्ग किस र वेडसीन दिन समेत तयार भईसकेका छन । निर्माता, निर्देशकलाई रिझाएर जति सक्दो छोटो पहिरनमा देखिन उनीहरु सदैव आतुर देखिन्छन । नेपालको पहिलो चलचित्र हरिशचन्द्रमा नायिकाको भुमिकामा कुनै पनि महिलाले अभिनय गर्न नमानेपछि अझ पुरुषले नै त्यस्तो भूमिका निर्वाह गरेका थिए ।
यो स्थितिबाट गुजि्रएको नेपाली सिने क्षेत्र अहिले ग्ल्यामर्स बनिसकेको छ । मिनीस्कर्ट र अंगप्रर्दशन नायिकाहरुको चाहना र चर्चाको माध्यम बनेको छ । कोही निर्माता, निर्देशकको आदेशअनुसार नाङ्गन्िछन भने कोही चर्चा पाउन स्वयं नाङ्गन्िछन् । कोही भने चलचित्र असफल बन्दै गएपछि आफुलाई नङ्गयाउछँन ।
करिव चार वर्षअघि प्रर्दशित चलचित्र हंगामामा नायिका रेजिना उप्रेतीले नदी किनारा बसेर शरीरको पछाडिको सम्पूर्ण भाग देखाएकी थिइन । चलचित्रहरु लगातार असफल बन्दै गएपछि चेतना टेलिश्रृंखलाकी यी कुर्ता सुरुवाल नायिकाले आफु चर्चामा आउनकै लागि नाङ्गएिको बताएकी थिइन । अंगप्रर्दशनको मामिलामा निकै उदार मानिने रेजिना कानून, राजुराजाराममा मात्र होइन उपत्यकाबाहिर अहिले प्रर्दशन भईरहेको चलचित्र अर्जुनदेवमा पनि निकै कामुक रुपमा प्रस्तुत भएकी छन् । उनी निकटका एक निर्देशक भन्छन, रेजिना पर्दामा जति कामुक छन्, वास्तवीक जीवन त्यो भन्दा बढी नै । उनी चलचित्र चिनोमा पनि निकै कामुक रुपमा देखिंदैछिन् ।
एक नवनायिकाले अन्य नायिकाहरुलाई चुनौती दिदै भनिन्, निर्देशकहरुले नाङ्गो होऊ भनेर कसैलाई भन्दैनन्, तर नायिकाहरु नै निर्माता, निर्देशकलाई रिझाउन आफै नाङ्गन्िछन । नायिकाहरु जति छोटा पहिरन लगाउँछन, उनीहरुको कामुकताको पारो उति नै बढी हुन्छ । मिस नेपालको सहभागी भएर चलचित्र हिरोबाट सिने क्षेत्रमा प्रवेश गरेकी नायिका रेखा थापाको कामुकताको पारो अहिले उचाईमा छ ।

नायिका ऋचा घिमिरे र अरुणीमा लम्साल पनि रेखालाई पछ्याउने क्रममा छन् । काली बर्णकी ऋचा नायिकाको रुपमा पर्दामा आएको धेरै भएको छैन, तर चलचित्रमा अभिनयको अवसर भने धमाधम पाईरहेकी छन् । निर्देशकको मागभन्दा बढी अङ्गप्रर्दशन गरि दिने ऋचा कथाले मागे जस्तोसुकै दृश्य दिन पछि नपर्ने बताउँछिन् । त्यसैले होला उनी हरेक निर्माता, निर्देशकको आँखाको नानी बनेकी छिन । चलचित्र र्फज, आँधीतुफान, विषमा निकै कामुक रुपमा देखिएकी ऋचाले आफ्नै लगानीमा चलचित्र तुलसी पनि निर्माण गर्दैछिन । अंगप्रर्दशन गर्न जति सिपालु भइयो, त्यति नै बढी चलचित्रको ओइरो लाग्ने कुरालाई ऋचाले सही सावित गरेकी छन् ।
नायक निखिल उप्रेतीसँग साप्ताहिक पत्रिकाका लागि कामोतेजक तस्विर खिचाएर विवादास्पद बनेकी अरुणीमा चलचित्र धड्कनमा निकै बोल्ड रुपमा प्रस्तुत भएकी थिइन् । उनलाई यस्ता दृश्य दिन कुनै आपति छैन रे । ग्ल्यामर्स क्षेत्र भएकाले छोटो पहिरनमा देखिनु सामान्य ठान्छिन् अरुणिमा । चलचित्र दीपसिखामा पनि उनी कामुक रुपमा नै देखिंदैछन् ।
हालै प्रर्दशन भएको चलचित्र ‘द युगदेखि युग’सम्म टंङ्ग किसका कारण विशेष चर्चामा रह्यो । नेपाली चलचित्रका महानायक राजेश हमाल फरक गेटअपमा देखिएको यो चलचित्रमा हमाल र नायिका नन्दिता के.सी.बीचका टंङ्ग किस दृश्यले सनसनी मच्चाएको थियो । सो चलचित्रले हमाललाई त केही गरेन तर खासै चर्चा नपाएकी नन्दिताको सफलताको बाटो भने खोलिदियो । पूर्व मिस नेपाल तथा नायिका झरना बज्राचार्यलाई चलचित्र ‘लव इन नेपाल’मा हेरेका दर्शकले ओंठ नै टोकेका थिए । भारतीय गायक सोनु निगम नायक रहेको त्यो चलचित्रमा झरना कतरा कतरा गीतमा ब्रा र कट्टुमा निक्कै खतरा देखिएकी थिइन् ।
उनी अहिले चलचित्रभन्दा म्युजिक भिडियोमा बढी देखिने गरेकी छन् । यसैगरी चलचित्र विजय पराजयमा सरोज खनालसँग बेड सिन दिएकी रुपा रानालाई पनि धेरैले कामुक नायिकाको रुपमा चिन्छन । आर्थिक अवस्था सुर्धान जापान भासिएकी रुपा अहिले नेपालमै छन् । कामूकता पस्कने मामिलामा सारङ्गा श्रेष्ठ, सीता गुरुङ्ग, पूजा चन्द पनि अगाडि थिए । यसैगरी करिश्मा मानन्धर, कृष्टी मैनाली र विना बुढाथोकीले पनि आफुलाई अभिनय र कामुकता दुवैमा सबल बनाएका थिए ।
अहिले स्थापित नायिकाको तुलनामा नवनायिकाहरु अंगप्रर्दशनको मामिला अलि खुला छन । नायिका सोनिया के.सी, जानु के.सी, युना उप्रेती, रञ्जना शर्मा, पूजा लामा जस्ता नायिकाहरु चलचित्रमा जस्तोसुकै दृश्य दिन पनि तयार भएर बसेका छन । समय अनुसार चल्न नसक्दा निरुता सिंह पाखा लागिन भने संचिता लुँइटेलले आफुलाई ग्ल्यामर्स भूमिकामा ढाल्न थालेकी छन् ।
No comments:
Post a Comment